logo
२०८१ बैशाख ८ शनिवार



सिफ्टमा विद्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह

शिक्षा |
फिचर |


सिफ्टमा विद्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह
फाईल तस्विर


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख ३ गते । पछिल्लो समय बालबालिकामा कोरोना सङ्क्रमण बढदै गएको बेला शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ । मन्त्रालयले आज ( शुक्रबार ) विज्ञप्ति जारी गर्दै जनस्वास्थ्य मापदण्डका उपाय अपनाएर विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो ।

मास्क र साबुन, स्यानिटाइजर, अनिवार्य प्रयोेग गर्नुको साथै धेरै विद्यार्थी रहेको विद्यालयमा सिफ्टमा कक्षा चलाउन आग्रह गरेकोे हो ।तत्कालका लागि परिस्थिति असहज रहे सम्म शिक्षण संस्थाभित्र सभा समारोह, वार्षिक उत्सव जस्ता भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।  साथै विद्यालय चलाउँदा मन्त्रालयबाट जारी भएको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ को अनुशरण गर्न मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?