logo
२०८१ बैशाख १३ बिहीवार



एउटै विद्यालयका आठ विद्यार्थीलाई कोरोना, दशदिन विद्यालय बन्द

शिक्षा |


एउटै विद्यालयका आठ विद्यार्थीलाई कोरोना, दशदिन विद्यालय बन्द


नवीन शिशिर विक
बागलुङ, चैत २४ गते । बागलुङ बजारको एक विद्यालयका आठ जना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा मंगलबार बागलुङ नगरपालिकाको एक विद्यालयका आठजना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु सबै छात्रा रहेको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । एकै विद्यालयका १८, २८, १७, १७, १९, १८, १९ र २३ वर्षीया छात्राहरुलाई संक्रमण पुष्टि भएको बताउनुभयो ।
संक्रमितहरु छ जना होस्टेलको आइसोलेसन र दुई जना होम आइसोलेसनमा रहेको प्रमुख खनालले बताउनुभयो । उहाँले दुई जना विद्यार्थीलाई कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा संक्रमण देखिएपछि अन्य लक्षण देखिएका छ जना विद्यार्थीको पनि स्वाब परीक्षण गर्दा उनीहरुलाई पनि संक्रमण पुष्टि भएको बताउनुभयो ।
एकै विद्यालयका आठजना विद्यार्थीलाई संक्रमण देखिएपछि उक्त विद्यालय दश दिनका लागि बन्द गरिएको प्रमुख खनालले बताउनुभयो । पछिल्लो समय बाग्लुङमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । बागलुङ नगरपालिकामा २६ जना सक्रिय संक्रमित रहेको प्रमुख खनालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?