logo
२०८१ बैशाख १३ बिहीवार

  दृश्य समाचार  



परीक्षाहरु तोकिएकै समयमा सञ्चालन हुन्छन्–प्रवक्ता, दीपक शर्मा

शिक्षा |


परीक्षाहरु तोकिएकै समयमा सञ्चालन हुन्छन्–प्रवक्ता, दीपक शर्मा


सपना थामी, दृश्यमा केशब गुरूङ्
काठमाडौं, चैत २१ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले दोस्रो चरणको कोरोना महामारी बढ्दै गए पनि एसईई लगायत विद्यालय तहका सबै परीक्षाहरु तोकिएकै समयमा सञ्चालन हुने बताउनुभएको छ ।

विगतका वर्षहरुमा चैतसम्ममा एसईई र विद्यालय तहका सबै वार्षिक परीक्षाहरु सम्पन्न हुने भए पनि यो वर्ष भने वैशाख र जेठ विद्यार्थीहरुले नियमितरुपमा पूरै पढ्न पाउने प्रवक्ता शर्माले बताउनुभयो । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीले नेपाल प्रवेश गरेसँगै शिक्षा मन्त्रालयले स्वास्थ्य सतर्कता अपनाउँदै शैक्षिक गतिविधिहरु अगाडि बढाउन विभिन्न मन्त्रालयले कार्ययोजना निर्माण गरेको छ ।

पछिल्लो समय कोरोना महामारीमा विद्यालय सञ्चालन सम्बन्धित कार्यढाँचा २०७७ निर्माण भइसकेको अवस्थामा तत्काल कोरोना महामारीको जोखिम बढेपनि विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने भन्ने सन्दर्भमा स्थानीय तहले निर्णय गर्नेछ । आगामी एसइई परीक्षा तालिका आगामी जेठ २०७७ देखि तोकिएको छ ।

विद्यालय तहका अन्य वार्षिक परीक्षा पनि पछि सर्नसक्ने देखिएको छ । कक्षा ११ को परीक्षा विद्यालयबाट हुने मन्त्रालयका प्रवक्ता शर्माले बताउनुभयो । कक्षा ११ मा केही नयाँ पाठ्यक्रमहरु थपिएका कारण समस्या देखिन सक्नेप्रति पनि मन्त्रालयले समन्वय गरिरहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

यससँगै शैक्षिक सत्र सञ्चालनको सम्बन्धमा पनि कोरोना महामारी नेपाल भित्रिएदेखि नै अनलाइन एवम् अफलाइनबाट वैकल्पिक सिकाइका लागि नयाँ स्रोत, साधन र पाठ्यक्रम विकासको काम पनि मन्त्रालयले निरन्तर गर्दै आएको जनाएको छ । मन्त्रालयका अनुसार विशेषगरी कोरोना संक्रमण दर वा पछिल्लो अवस्थाबारे शिक्षकले प्रत्येक तहको कक्षाको नियमित प्रतिवेदन विद्यालय प्रमुख वा प्रधानाध्यापकलाई बुझाउन भनेको छ ।

त्यस्तै, विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिले विद्यालयमा लागूहुने कोरोनाविरुद्धको आचारसंहिता (कोड अफ् कन्डक्ट्) निर्माण गर्न भनेको छ । परीक्षा वा विद्यालय सञ्चालनको समयमा विद्यार्थीलाई कोरोना विरुद्धको जनचेतना जगाउने खालको गतिविधि गर्न पनि मन्त्रालयले भनेको शर्माले बताउनुभयो ।

अन्य सुझावमा विद्यार्थीहरुले मास्क लाएका छन् वा छैन ख्याल गर्नुपर्ने, विद्यालय बसमा जथाभाबी भीड हुनेगरि विद्यार्थी राखेर आवतजावत् गर्न नहुने, विद्यार्थी संख्या थोरै र सामाजिक दूरी कायम गर्न सकेको अवस्थामा नियमित कक्षा सञ्चालन गर्न पनि सुझाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?