logo
२०८१ बैशाख ८ शनिवार



नेपालमै गुणात्मक शिक्षा उपलब्ध हुँदैछ – शिक्षामन्त्री श्रेष्ठ

शिक्षा |
राष्ट्रिय |


नेपालमै गुणात्मक शिक्षा उपलब्ध हुँदैछ – शिक्षामन्त्री श्रेष्ठ
फोटो सौजन्य- बुद्धशरण शाही



गोरखापत्र अनलाइन
कीर्तिपुर, चैत ७ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विदेशमा नेपाली विद्यार्थी जानुपर्ने वाध्यता अन्त्य गर्न अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने किसिमको तयारी भइरहेको बताउनुभएको छ । शनिबार यहाँस्थित मगंल बहुमुखी क्याम्पसको ‘मंगल रिसर्च जर्नल’ लोकार्पण कार्यक्रममा बोल्नुहुँदै उहाँले ‘सृमद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सार्थक तुल्याउन नेपालमा गुणात्मक शिक्षा अपरिहार्य रहेको जनाउँदै समयसापेक्ष शिक्षा नीति परिवर्तन हुने बताउनुभयो ।

‘मनमोहन अधिकारी वा गिरिजाप्रसाद कोइरालाको नाम हुँदैमा सम्बन्धित शिक्षण संस्थालाई सम्बन्धन दिँदैनौं ।’ उहाँले बताउनुभयो, ‘गुणात्मक शिक्षा दिने गरी प्रक्रिया पूरा गरेका सबै शिक्षण संस्थालाई सम्बन्धन दिने हो, त्यसको लागि राजनीतिक दबाब आवश्यक पर्दैन ।’

मन्त्री श्रेष्ठले बीएण्डसी टिचिङ मेडिकल कलेजको नाम नै लिएर नेपालमा अन्तर्राष्ट्रिय स्तरको चिकित्साशास्त्र अध्ययन गराउनको लागि आएकाले सरकारले सम्बन्धन दिन अन्तिम तयारी थालेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा हीराबहादुर महर्जनले समृद्ध शिक्षाको लागि अत्याधिक मात्रामा अनुसन्धानात्मक कृति आवश्यक हुने भएकाले सोबारे मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका शिक्षा केन्द्रीय विभागका प्राडा शिवशरण महर्जन, बनस्पति विज्ञ प्राडा धर्मराज डंगोललगायतले धारणा राख्नुभएको थियो ।
लोकार्पित मगंल रिसर्च जर्नलमा विभिन्न विधाका नेपाली र अङ्ग्रेजीमा दशवाट अनुसन्धान कृतिहरु प्रकाशित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?