logo
२०८१ बैशाख ६ बिहीवार



पद्मकन्या मावि कक्षा १० की जस्मिन भुजेल वक्तृत्वकला प्रतियोगितामा प्रथम

शिक्षा |


पद्मकन्या मावि कक्षा १० की जस्मिन भुजेल वक्तृत्वकला प्रतियोगितामा प्रथम


गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १३ गते । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा आयोजित वक्तृत्वकलामा पद्मकन्या माविको कक्षा दसकी जस्मिन भुजेल प्रथम हुनुभएको छ । राष्ट्रिय महिला आयोगले १११ औं अन्तर्राष्ट्रिय महिला दिवसमा विहीवार आयोजित बालिकामाथि हुने यौनजन्य दुव्र्यवहार र यौन हिंसाको कारण, चुनौती र समस्या समाधानका उपाय विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा दोस्रो स्थान सैनिक आवासीय महाविद्यालयकी करुणा बुढाथोकी, तेस्रो विश्वामित्र विद्यालयको समिर गिरी र सैनिक आवासिय महाविद्यालयकै सौरभ पौडलले सान्त्वना पुरस्कार जित्नुभएको हो ।

भुजेल, बुढाथोकी, गिरी र पौडेलले नगद पुरस्कार क्रमशः बीसहजार रुपियाँ, पन्ध्रहजार रुपियाँ, दशहजार रुपियाँ र पाँचहजार जित्नुभएको छ । काठमाडौँ, ललितपुर, र भक्तपुर जिल्लाको ११ सामुदायिक विद्यालयबाट एक छात्र र एक छात्रा गरी २२ विद्यार्थीको सहभागिता थियो ।

सहभागीलाई छ मिनट बोल्ने समय दिइएको थियो । विजेता विद्यार्थीहरुलाई आयोगको १९ औं वार्षिकोत्सव फागुन २३ पुरस्कृत गरिने आयोगका अध्यक्ष कमला पोखरेलले जानकारी दिनुभयो । कार्यक्रमका निर्णायक मण्डलमा पत्रकार बविता बस्नेत, डा. बिन्दु शर्मा र , उपप्रध्यापक, रत्नराज्य क्याम्पसका उपप्राध्यापक ऋतुराज भण्डारी रहनुभएको थियो ।

कार्यक्रम विद्यार्थी निकेतन,महेन्द्र बौद्ध मावि, टिका विद्याश्रम,कोटेश्वर सरस्वती मावि,श्री चाँंगुनारायण मावि,पद्मकन्या उच्च मावि, जन विकास मावि,सैनिक आवसीय महा विद्यालय बागेश्वरी उच्च मावि,मदन स्मारक उच्च मावि,विश्वामित्र गणेश माविका विद्यार्थीहरुको सहभागीता थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?