logo
२०८० चैत्र १६ शुक्रवार



धूम्रपान र मद्यपान गर्ने शिक्षकलाई नपामा तारिख,सुधारिए विद्यालय

शिक्षा |


धूम्रपान र मद्यपान  गर्ने शिक्षकलाई नपामा तारिख,सुधारिए विद्यालय
बारबर्दिया नगरपालिकाको शक्ति नगरस्थित नवज्योतिआधारभूत विद्यालयका विद्यार्थी


प्रकृति अधिकारी
बर्दिया, पुस २५ गते । बारबर्दिया नगरपालिकामा ‘२४ घ’वाला शिक्षक अब फेला पर्दैनन् । निजामती सेवासम्बन्धी कानुनमा रहेको बढुवासम्बन्धी प्रावधान ‘२४ घ’ शिक्षककाहकमा कसरी लागु भयो भनेर नझुक्किनु होला । यो प्रसङ्ग हो– २४ घण्टे अर्थात् २४ सै घण्टा मदिरा सेवन गर्ने शिक्षकहरुको ।
कुनै बखत बारबर्दिया नगरपालिकाका विद्यालयहरुमा ‘२४ घ’वाला शिक्षकको समस्या नै थियो । त्यस्ता शिक्षक मदिरा सेवन गरेरै कक्षा कोठाभित्र प्रवेश गर्दथे र विद्यालय सकेपछि घर जानुअघि मदिरा सेवन गर्न पुनःहोटेल छिरिसकेका हुन्थे । “अब विद्यालयभित्र मदिरा सेवन गरेका शिक्षक फेला पर्दैनन्” नगरपालिकाका उपप्रमुख अन्जु दहितले भन्नुभयो, “विद्यालय सकेपछि नगरपालिकामा हाजिरीको तारिख दिइएपछि समस्या समाधान भयो ।”
नगरपालिकाले विद्यालयहरुमा धमाधम अनुगमन गर्दै मदिरा सेवन गरेर विद्यालय जाने गरेका शिक्षकलाई विद्यालय समय सकिएपछि नगरपालिकामा   पस्थित हुनैपर्ने नियम बनाइदियो । नगरपालिकाले ‘क्लिन चिट’ दिएपछि जानउनीहरुले घर जाने अनुमति पाउँथे । यसै नियमले गर्दा त्यस्ता शिक्षकको मदिरा पिउने लत् छुट्न गयो ।
केही समयपछि नगरपालिकामा तारिख धाउनुपर्ने नियम हटाइयो । अनुगमन गर्दा पुनः त्यस्ता शिक्षक फेला परे । उनीहरुमध्ये एकलाई सरुवा गरियो । प्रधानाध्यापकलाइ जिम्मेवारीबाट मुक्त गरियो । उहाँले भन्नुभयो, “अहिले सरुवामा परिन्छ भन्ने डरले पनि शिक्षकले विद्यालय समयमा मदिरा पिउने आँट गरेका छैनन् ।”
त्यति मात्र होइन विद्यालय समय भित्र शिक्षकलाई धूमपान गर्न पनि प्रतिबन्ध लगाइएको छ । चुरोट पिउनेमात्र नभई पान, खैनी, गुट्खा खाएर विद्यालय परिसरभित्र प्रवेश गर्न दिइँदैन । “शिक्षक अनुशासित भएपछि मात्र विद्यार्थी अनुशासित हुनसक्छन्” नगरपालिकाका उपप्रमुख दहितले भन्नुभयो, “माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइएपछि विद्यालय सुधार गर्न सम्भव बनेको हो ।”
प्रारम्भिक बालशिक्षा (ईसीडी)का सहयोगी कार्यकर्ताहरुको शैक्षिक योग्यता एसईई भन्दा न्यून भएपछि नगरपालिकाले एकपटकका लागिभनेर शैक्षिक योग्यता वृद्धि गर्न अवसर प्रदानग¥यो । तीमध्ये १२ जनाले एसईई उत्तीर्ण गर्न नसकेपछि एकै निर्णयबाट उनीहरुलाई हटाइयो । यस्तो समस्या देशभरि भए पनि आफूहरुले निकै सजिलो तरिकाबाट समस्याबाट पार पाएकोमा नगरपालिकाका पदाधिकारीहरु दङ्ग छन् ।
अनिवार्य तथा निःशुल्क आधारभूतशिक्षा सुनिश्चितता घोषणा गर्ने यो नगरपालिका नेपालको पहिलो पालिका बनेको छ । नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले अनिवार्य आधारभूत शिक्षा कार्यान्वयन गर्न प्रतिविद्यार्थी पाँचहजार रुपियाँ लगानी गरिएको जानकारी दिँदै भन्नुभयो, “अनिवार्य र निःशुल्क शिक्षाका लागि ११६ जना थप शिक्षक आवश्यक परेपछि नगरपालिकाले दुई करोड ७० लाख रुपियाँ लगानी गरेर नगर शिक्षकको व्यवस्थापन गरेको छ । विद्यालय ल्याइएका विद्यार्थीलाई टिकाउन शैक्षिक सामग्री तथा पोशाकको व्यवस्थान पनि गर्नुपरेको छ ।”
नगरपालिकाले सो क्षेत्रबाट एमबीबीएस अध्ययनका लागि नाम निकाल्न सक्ने विद्यार्थीलाई लाग्ने सम्पूर्ण खर्च व्यहोर्न यस वर्ष १७ लाख रुपियाँ विनियोजन गरेको छ । “आगामी वर्ष यसलाई २५ लाख रुपियाँमा पु¥याउँदैछौँ” उहाँले भन्नुभयो, “यस नगरपालिकाका एमबीबीएस अध्ययनगर्न चाहने बढीमा दुई जना विद्यार्थीको खर्च हामी व्यहोर्छौँ ।” त्यसरी छात्रवृत्ति पाउने विद्यार्थीले अध्ययन पूरा गरेपछि सोही नगरपालिकामा दुई वर्षसम्म सेवागर्नुपर्ने सम्झौता गरिनेछ ।
नगरपालिकाले सहिद विष्णु धनी स्मृति बहुप्राविधिक शिक्षालयको स्थापना गरी यस वर्षबाट वन विज्ञान विषयमा डिप्लोमा तहको पठनपाठन थालेको छ । नगरपालिकाका शिक्षा अधिकृत टीकानाथ गोसाइले आगामी वर्षबाट स्टाफ नर्स, ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट र फार्मेसी विषयको पठनपाठन सञ्चालन गरिने जानकारी दिनुभयो । त्यसकालागि नगरपालिकाले १२ करोड रुपियाँको लगानीमा संरचना निर्माण गरिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?