logo
२०८० चैत्र १६ शुक्रवार



बेलायती अस्पतालमा शैया अभाव हुनसक्ने चिकित्सकको चेतावनी

अन्तर्राष्ट्रिय |


बेलायती अस्पतालमा शैया अभाव हुनसक्ने चिकित्सकको चेतावनी
तस्विर-द् गार्जियन


लन्डन, पुस २३ गते।
कोरोनाभाइरस सङ्क्रमणका घटनामा बृद्धि भएको कारण बिहीबार इङ्ल्याण्डका अस्पताल प्रमुखहरूले शैया व्यवस्थानमा कठिनाई भएको बताएका छन् ।
स्वास्थ्य सेवा प्रदायक तथा चिकित्सकहरूले अपेक्षाकृत सकारात्मक सुधार देखिँदा पनि लन्डनका अस्पतालहरू दुई हप्ताभित्रमा क्षमताभन्दा बढी विरामी हेर्नुपर्ने अवस्था पुग्ने प्रशासनलाई बताएका एक गोप्य स्रोतले एएफपीलाई बताएको छ ।
बेलायतमा बुधबार ६२ हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ भएको उल्लेख गरिएको छ । दक्षिणपूर्वी इङ्ल्याण्डमा कोभिड सङ्क्रमितको सङ्ख्यामा नाटकीय वृद्धि देखिएको छ । यो क्षेत्रमा हालैका साताहरूमा नयाँ प्रकारको कोभिड–१९ का जिबाणु पाइएको बताइएको थियो ।
बेलायतका अस्पतालमा भर्ना भई उपचार गराइरहेका कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३० हजारभन्दा बढी पुगेको छ । यो पहिलो चरणको सङ्क्रमणका समयमा भन्दा बढी हो । इङ्ल्यान्डका अस्पतालहरूको प्रतिनिधित्व गर्ने एनएचएस प्रमुखले भन्नुभयो,“तीव्र वृद्धिले अस्पतालका उपचाररत केही विरामीहरूलाई नर्सिंग होम वा केयर होममा केही थप शैया व्यवस्थापन गरी सार्न बाध्य तुल्याएको अस्पताल सञ्चालकहरूले बताएका छन् ।
क्रिस होपप्सनले बीबीसी रेडियोसँग भन्नुभयो, “हामीले विगत एक हप्तामा इङ्ल्याण्डमा मात्र पाँच हजार नयाँ विरामीलाई भर्ना गरेका छौँ । यो कोभिड–१९ का विरामीका लागि छुट्ट्याइएका शैयाभन्दा १० गुणा हो । साँच्चै यो निकै चुनौतीको विषय हो ।”
चिकित्सकहरूले कोभिड–१९ को बढ्दो क्रमसँगै सङ्क्रमण नियन्त्रणका उपायलाई कडाइका साथ अपनाउन वा पालना गर्न आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?