logo
२०७७ फाल्गुन १३ बिहीवार

रुसी राष्ट्रपति पुटिन अर्को वर्ष भारत आउने सम्भावना

अन्तर्राष्ट्रिय |


2020-12-21-28801
तस्विर-न्यू इन्डियन एक्सप्रेस


मस्को, पुस ६ गते।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नयाँ वर्ष २०२१ को पहिलो छ महिनाभित्रमा भारत आउने सम्भावना रहेको छ । यही बर्ष सन् २०२० को अन्त्य तिर उहाँ भारत आउने तालिका भए पनि अहिले स्थगित भएकाले अर्को वर्ष आउने सम्भावना रहेको हो ।
पुटिनको अहिलेको भ्रमण स्थगित भएर अर्को वर्षको तालिकामा परेको भारतका लागि रुसका राजदूत निकोलाय कुडाशेभले सोमबार पुष्टि गर्नुभएको छ । “कोरोना महामारीका कारण अहिलेको भ्रमण व्यवस्थापन गर्न गाह्रो हुने भएकाले अहिलेलाई स्थगित गरिएको हो । अर्को वर्ष अवस्था सामान्य भयो र व्यवस्थाप नगर्न सकिने भयो भने उहाँले अर्को वर्ष भ्रमण गर्नुहुने छ,” उहाँले भन्नुभयो ।
राष्ट्रपतिको भ्रमण नभएपछि भारत र रुसका बीचमा विभिन्न चरणमा छलफल तथा वार्ताहरू भने भइरहेको उहाँले बताउनुभयो । आगामी भ्रमणको तालिका पनि दुवै पक्षको सहमतिमा तय गरिने राजदूत कुडाशेभले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

national-life-insurance