logo
२०८१ बैशाख १३ बिहीवार



हल्टप्राइज एट आईओई फाइनल सम्पन्न

शिक्षा |


हल्टप्राइज एट आईओई फाइनल सम्पन्न


गोरखापत्र अनलाइन
काठमाडौं , मङ्ंसिर २१ गते । ललितपुरस्थित पुल्चोक इञ्जिनियरीयङ क्याम्पसका विद्यार्थीको संस्था नेस्क्टजेन र हल्ट प्राइजको संयुक्त आयोजनामा शनिवार ‘हल्टप्राइज एट आईओई २०२०/२१’ फाइनल सम्पन्न भयो ।
“उद्यमशीलता सम्बन्धी टक सिरिज” हल्ट प्राइज एट आईओई २०२०(२१ अन्तरगत सो कार्यक्रम भएको हो ।युवालाई सामाजिक उद्यमशिलतामा अग्रसर बनाउने उद्देश्यले हरेक वर्ष यो कार्यक्रम विश्वभर आयोजना गर्ने गरिन्छ । कार्यक्रमको यस वर्षको विषय ‘फुड फर गुड’ अर्थात राम्रोका लागि खाना भन्ने राखिएको थियो । सहभागी विद्यार्थीहरुले शनिवारको कार्यक्रममा सो विषयमा आफ्ना विचारहरु प्रस्तुत गरेका थिए ।
यो वर्ष हल्ट प्राइज एट आईओईको विजेताः प्रथम हुने टिम क्युरियस वी हो, जसले फोहोर व्यवस्थापनमा आधारित थियो । डिस्पोजेबल चम्चा बनाएर वातावरणलाई सफा राख्ने आइडियामा यो आधारित थियो । साथै दोस्रो विजेता टिम भाइरस भिक्सेन र तेस्रो टिम चाहिं टिम बिन हुन सफल भएका छन् ।
तीन वटा नेपाली विद्यार्थीहरुको टोलीले विदेशमा आयोजना हुने क्षेत्रीय प्रतिष्पर्धामा भाग लिन पनि पाउनेछन्। ५० भन्दा बढी देशम क्षेत्रिय प्रतिस्पर्धा हुने गरेको छ ।
हल्टबिजनेस स्कुल, हल्टप्राइज संस्था र सयुक्त रास्ट्र संघसँग आबद्ध भएर हल्टप्राइजको स्थापना गरिएको हो । क्षमताशील एवम् उर्जावान युवा युवतिका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने सुनौलो अवसरको रुपमा पनि यसलाई लिन सकिन्छ । यो प्रतिस्पर्धालाई विद्यार्थीहरुको नोवेल पुरस्कारको रुपमा पनि चिनिन्छ ।
यसमा हरेक वर्ष विश्वभरिबाट १२१ देशका २५ सय भन्दा बढी विश्वविद्यालयहरुबाट तीन लाख भन्दा धेरै विद्यार्थीले सहभागीता जनाउदै आएका छन । हल्ट प्राइजले हालसम्म विश्वव्यापी १० लाख भन्दा बढी विद्यार्थीहरूलाई दिगो र लाभदायक व्यावसायिक विचार स्थापना गर्न उचित अवसर प्रदान गरिसकेको छ ।
उक्त कार्यक्रमको फाइनलमा कलाकार मदनकृष्ण श्रेष्ठ, तलेगु फिल्मस्टार तथा परोपकारी राम पोथिनेनी, मिस नेपाल वर्ल्ड २०१८ श्रींखला खतिवडा, नेपालका पूर्व वातावरण, विज्ञान र प्रविधि मन्त्री गणेश साह गायकहरू स्वप्न सुमनस,े गिरीस खतिवडा तथा सुदिन पोखरेल, केल्साग् श्रेष्ठ, राहुल पाण्डहिमेश पन्तको उपस्थिति थियो ।

सो कार्यक्रममा निर्णयकका रुपमा राजनीतिक तथा विकास पूर्वाधार सम्बन्धी विशेषज्ञ डा. सूर्यराज आचार्य,लगायतले शीर्ष टिमहरूको छनोट गर्नुभएको थियो ।
टिमहरूका लागि हल्ट प्राइज एट आईओई २०२०(२१ र पुल्चोक क्याम्पस विद्यार्थीको नेक्स्टजेन संस्थाले देश(विदेशका धेरै विज्ञहरू बोलाएर इन्टरनेटमार्फत नै विशेष कार्यशालाहरू र सल्लाहकार कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?