logo
२०८० चैत्र १६ शुक्रवार



दोस्रो एकदिवसीयमा जितसँगै अष्ट्रेलियालाई श्रृखंला

खेलकुद |


दोस्रो एकदिवसीयमा जितसँगै अष्ट्रेलियालाई श्रृखंला
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १४ गते । दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा ५१ रनले हराउँदै अष्ट्रेलियाले भारत विरुद्धको श्रृखंला २–० ले जितेको छ । तेस्रो एकदिवसीय खेल बुधबार खेलाइनेछ ।
अष्ट्रेलियाले प्रस्तुत गरेको ३९० रनको लक्ष्य पछ्याउँदै भारत पुरा ५० ओभर खेलेपनि नौ विकेटको क्षतिमा मात्र ३३८ रन जोड्न सकेपछि उसले लगातार दोस्रो खेलमा हार बेहार्यो । भारतका लागि कप्तान विराट कोहलीले ८९ र करण लोकेश राहुलले ७६ रनको योगदान गरेपनि जितका लागि अपर्याप्त रह्यो । श्रेयास ऐयर ३८, ओपनर मयनक अग्रवाल २६ तथा शिखर धवनले ३० रन बनाउनुभयो ।
अष्ट्रेलियाका लागि प्याट्ट क्युमिन्सले सर्वाधिक तीन तथा एडम जाम्पा र जोश हयाज्लऊडले सामान दुई दुई तथा मोइजेज हेनरिक्स र ग्लैन म्याक्सवैलले सामान एक एक विकेट लिए ।
यसअघि सिड्नीमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय रोजेको अष्ट्रेलियाले बलियो ब्याटिंग क्रमको उपस्थितिमा चार विकेटको क्षतिमा ३८९ रनको विशाल योगफल तयार गर्यो । भारत विरुद्ध अष्ट्रेलियाको यो अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय एकदिवसीय योगफल हो । अष्ट्रेलियाको पारीमा स्टिभ स्मिथले लगातार दोस्रो खेलमा शतक लगाउनुभयो । ओपनर देविड वार्नर आरोन फिञ्चले पुनः एकपटक उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि १४२ रनको साझेदारी गर्नुभयो । ग्लैन म्याक्सवेलले भने मात्र २९ बलमा ६३ रन बनाउँदा मार्नस लबुस्नेले ७० रनको पारी खेल्नुभयो ।
भारतीय बलिंग आक्रमणका सबै बलर फितलो साबित भए । मोहम्द सामी र जसप्रित बुमराहले एक एक विकेट लिएपनि अत्याधिक महँगो साबित भए । हार्दिक पाण्ड्याले चार ओभरमा २४ रन खर्चेर एक विकेट लिनुभयो ।
प्लेयर अफ द् म्याच स्टिभ स्मिथ घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?