logo
२०८० चैत्र १६ शुक्रवार



भारतको गुजरातस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा पाँचको मृत्यु

अन्तर्राष्ट्रिय |


भारतको गुजरातस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा पाँचको मृत्यु
तस्विर-द् इन्डियन एक्सप्रेस


नयाँ दिल्ली, मंसिर १२ गते।
भारतको गुजरातस्थित एक अस्पतालमा शुक्रबार आगलागी हुँदा कम्तीमा पाँच कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको अधिकारीले बताएका छन् । गुजरात राज्यको राजधानी गान्धीनगरबाट करिब २३७ किलोमिटर पश्चिममा रहेको राजकोट जिल्लास्थित शिवानन्द अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा आगलागी भएको हो ।
“आज बिहान कोभिड–१९ को उपचारका लागि तोकिएको शिवानन्द अस्पतालको आइसीयूमा आगलागी हुँदा कम्तीमा पाँच कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको छ । अन्य छ जना जलेर घाइते भएकोमा एकको अवस्था गम्भीर रहेको छ ।”
अस्पतालमा उपचाररत २२ जना विरामीलाई सुरक्षित अन्य अस्पतालमा लगिएको छ । आगलागीको कारण समाचार तयार गर्दासम्म पत्ता लागिनसकेको बताइएको छ ।
यद्यपि अस्पतालको उक्त कक्षमा विद्युत चुहावट हुँदा आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि अनुमान गरिएको छ । आगलागीको कारण पत्ता लगाउन अनुसन्धान समिति बनाई जिम्मेवारी तोकिसकिएको अधिकारीले बताएका छन् । अस्पतालको आगलागी नियन्त्रणमा आइसकेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?