logo
२०८० चैत्र १६ शुक्रवार



चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि हुम्ला जिल्ला अस्पताल बन्द  

खुला |
प्रदेश |


चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि हुम्ला जिल्ला अस्पताल बन्द  
सांकेतिक तस्बीर


सिमकोट, मङ्सिर ७ गते। एकजना चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । आज बिहान २८ वर्षीय चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूतिबाहेकका सम्पूर्ण सेवा अनिश्चित समयका लागि बन्द गरिएको अस्पतालले जनाएको छ ।    
    
स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिन थालेपछि जिल्लामा सङ्क्रमणको जोखिम बढेको अनुमान गरेर अस्पताल प्रशासनले सूचना टाँस गरेर सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो । उहाँले सङ्क्रमित चिकित्सकका सम्पर्कमा आएका अन्य सबै स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरिने बताउनुभयो । यसअघि एकजना अनमिमा कोरोना पुष्टि हुँदा जिल्ला अस्पतालका सम्पूर्ण सेवा बन्द गरिएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?