logo
२०८० चैत्र १६ शुक्रवार



भारतका खेल प्रशिक्षण संस्थाहरुलाई राहतको घोषणा

खेलकुद |


भारतका खेल प्रशिक्षण संस्थाहरुलाई राहतको घोषणा
तस्विर-फाइल


नयाँदिल्ली
कात्तिक २९ गते। भारतमा खेल प्रशिक्षण गराउने नीजि संस्थाहरुलाई सरकारले विषेश राहत प्याकेजको घोषणा गरेको छ । युवा तथा खेलुकुँद मन्त्री किरण रिजिजुले झण्डै पाँच सय ओटा खेल प्रशिक्षण संस्थाहरुलाई राहत दिन लागिएको जानकारी दिनुभयो ।
“खेलो इन्डिया” अभियान अन्तर्गत उनीहरुलाई सहयोग गर्ने निर्णय भएको मन्त्री रिरिजुले जानकारी दिनुभयो । उनीहरुलाई फरक फरक खेलकुदका फरक फरक गतिविधि तथा कार्यक्रमहरुका लागि दिन लागिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

विषेश गरेर उनीहरुले दिदै आएको नतिजा, संभावित नजिता, प्रशिक्षकहरुको स्तर, उपलब्धता, खेल्ने ठाउँको अवस्था, भौतिक संरचना, खेल सम्वन्धी अन्य सुविधाहरु, कर्मचारीहरुलगायतका कुरालाई हेरेर सहयोग गर्ने मापदण्ड बनाइएको पनि मन्त्रालयले जनाएको छ ।
“खेलकुदको विकास गर्नु सरकारको महत्वपूर्ण काम अन्तर्गत पर्दछ, त्यसका लागि नीति क्षेत्रका संस्थाहरुले पनि धेरै योगदान गरेका छन्, त्यसैले उनीहरुलाई सहयोग गर्न लागिएको हो,” मन्त्री रिजिजुले भन्नुभयो । देशका दुर्गम क्षेत्रमा पनि खेलकुदको विकास तथा विस्तार गर्नु पर्ने र त्यहाँ रहेका खेल प्रतिभाहरुलाई पहिचान गरी विकास गर्नु पर्ने कुरामा पनि उहाँले जोड दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?