logo
२०८० चैत्र १६ शुक्रवार



बागलुङका कैदीबन्दीलाई दशैंको टीका

खुला |
समाज |


बागलुङका कैदीबन्दीलाई दशैंको टीका



नवीन शिशिर विक
बागलुङ, कात्र्तिक १२ गते । जिल्ला कारागार बागलुङका कैदी बन्दीलाई यस वर्षको दशैंमा सामाजिक दुरी कायम गर्दै आफन्तले टीका लगाइदिएका छन् ।
स्वास्थ्य सुरक्षाका मापदण्ड सामाजिक दुरी कायम, मास्क तथा सेनिटाईजरको अनिवार्य प्रयोग गरी टाढा–टाढाबाट आएका परिवारका सदस्यलाई टिकाजमरा तथा फूलप्रसाद प्रदान गर्ने व्यवस्थापन गरिएको हो ।
विगतका वर्षमा दशैको टिका लगाउन कैदी बन्दीलाई कारागार बाहिरको चौरमा निकालेर सामुहिक टिका प्रदान गर्ने गरे पनि यस वर्ष कोरोना त्रासको कारण कारागार भित्र नै टिका लगाउने गरी व्यवस्था गरेको जेलर मोहनप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
‘गाउँ गाउँबाट आउने परिवारका सदस्यलाई रोक्न सकिएन’ उहाँले भन्नुभयो– सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्डको पालना गरी पालैपालो टिका लगाउन दिएका छौँ ।’
हरेक वर्षको दशैमा कैदीबन्दीका परिवारका सदस्य तथा आफन्तजन टिका, जमारा र उपहार दिएर कारागार आउने गर्छन् । दशैको दिनदेखि काजाग्रात पूर्णिमाको दिनसम्म टिका लगाउन छुट दिएको जेलर उपाध्यायको भनाई छ ।
यसवर्षको दशैमा उद्योग वाणिज्य संघ बागलुङले कारागारमा ८० केजी जिउँदो कुखुरा उपलब्ध गराएको थियो । विगतका दशैमा खसी र चिउरा उपहार दिँदै आएको उद्योग वाणिज्य संघले यस वर्ष हिमाली भेडाच्याङग्राको मुल्य आकाशिए पछि कुखुरा प्रदान गरेको थियो ।
जिल्ला कारागार बागलुङमा ११८ जना पुरुष र १४ जना महिला गरी कुल १३२ जना कैदीबन्दी छन् । कोरोना त्रासको कारण विगतमा जस्तै टिका लगाई दिन बाहिरी जिल्लाबाट आफन्तजन आएका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?