logo
२०८० चैत्र १६ शुक्रवार



काठमाडौं उपत्यकामा ८४३ मा सङ्क्रमणको पुष्टि

स्वास्थ्य |


काठमाडौं उपत्यकामा ८४३ मा सङ्क्रमणको पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १२ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ८४३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा ८४३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दशैं बिदापछि नियमित प्रेस ब्रिफिङ्को क्रममा काठमाडौंमा ६९६, ललितपुरमा ११८ र भक्तपुरमा २९ जना सङ्क्रमितको पहिचान गरिएको जानकारी दिनुभयो । पछिल्लो चौबीस घण्टामा देशैभरि एक हजार ९५४ सङ्क्रमित थपिएका छन् । दुई हजार ९८१ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?