logo
२०८० चैत्र १६ शुक्रवार



जन्मदिनको खर्च शैक्षिक कार्यमा   

शिक्षा |


जन्मदिनको खर्च शैक्षिक कार्यमा   
सांकेतिक तस्बीर


तम्घास, कात्तिक ७ गते। जन्मदिन मनाउँदा ठूलो खर्च गरी केक काट्ने गरेको सबैले देखेकै छौँ । आजकाल यहाँ भने जन्मदिन मनाउने तरिका फरक हुन थालेका छन् । गुल्मीको धुर्कोट गाउँपालिका –६ रजस्थलका अनिलकुमार जिसीले जन्मदिनको खर्च कुनै केक काट्नमा नभई विद्यार्थीको शैक्षिक क्षेत्रमा खर्चनुभएको छ । शुक्रबार जिसीको जन्मदिन हो ।

त्यसैका अवसरमा उहाँले धुर्कोट –४ जैसीथोक रातापोखराकी मीना कुँवरकी छोरी पाञ्चायन माध्यमिक विद्यालय, कक्षा ७ मा अध्ययन गर्ने करिश्माको आगामी वर्षका लागि शैक्षिक खर्च प्रदान गर्नुभएको छ । जन्मदिनका अवसरमा उहाँले कापी, कलम, पोशाक, जुत्ता, झोलालगायत सामग्री प्रदान गर्नुभएको हो ।

अहिले केसी मुसिकोट नगरपालिका वडा नम्बर २ मा पशु स्वास्थ्य शाखा सम्बन्धमा करारमा नियुक्त भई काम गर्दै आउनुभएको छ । गत असोज ९ गते नेकपा जिल्ला कमिटी गुल्मीका सचिवालय सदस्य विनिता पोखरेलको जन्मदिन परेको थियो । उहाँको जन्मदिनमा पनि उहाँले करिश्माका दाइ कक्षा ८ मा पढ्ने विशालको आगामी शैक्षिक सत्रका लागि शैक्षिक खर्च आफूले व्यहोर्ने घोषणा गर्नुभएको थियो । करिश्माकी बहिनी कक्षा ३ मा पढ्ने लक्ष्मीलाई पाञ्चायन माविका पूर्वशिक्षक एवम् सिटिजन लाइफ इन्स्योरेन्स गुल्मी शाखाका प्रमुख दीपक पोखरेलले एक वर्षको शैक्षिक खर्च व्यहोर्ने घोषणा गर्नुभएको छ ।

केसी र पोखरेल दुवैले आफूहरुसँग धेरै पैसा नभई विद्यार्थीको पढ्न पाउने हकलाई सुनिश्चित गर्न सहयोग गरिएको बताउनुभयो । पछिल्लो समय यहाँ जन्मदिनका अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने लहर नै चलेको छ । बुधबार नेकपा जिल्ला कमिटी सदस्य नरेश भण्डारीले पीपलधाराका दुई विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको थियो । यसअघि पनि विभिन्न व्यक्तिले आफ्नो जन्मदिनका अवसरमा जैसीथोक, वस्तुलगायत ठाउँका विभिन्न विद्यार्थीलाई न्यूनतम एक वर्षलाई पुग्ने शैक्षिक सामग्री प्रदान गरेका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?