logo
२०८० चैत्र १६ शुक्रवार



स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण, जिल्ला अस्पतालमा सिल   

स्वास्थ्य |
प्रदेश |


स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण, जिल्ला अस्पतालमा सिल   
सांकेतिक तस्बीर


सिमकोट, कार्तिक ५ गते। हुम्ला जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अनिश्चितकालका लागि सेवा बन्द गर्दै सिल गरिएको छ । कार्तिक २ गते अस्पताले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीे गरी १७ जनाको स्वाब सङ्कलन गरी परिक्षणका लागी सुर्खेत पठाएकामा मङ्गलबार दुई जनामा कोरोना पोजेटिभ देखाएको थियो ।    
 एक महिला स्वास्थ्यकर्मी र अर्का एक जनामा कोरोना पोजेटिभ देखिएपछि आकस्मिक र प्रसूति सेवाबाहेक अन्य सम्पूर्ण सेवा बन्द गर्दै अस्पताल सिल गरिएको अस्पतालका निमित्त कार्यालय प्रमुख सरिता बोहराले जानकारी दिनुभयो ।    
    
 सङक्रमित स्वास्थ्यकर्मीको संम्पर्कमा आएका अन्यको खोजी गरेर स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्नुपर्ने भएका कारण अस्पतालालाई केही दिनका लागि सिल गरिएको बताइएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?