logo
२०७७ कार्तिक ६ बिहीवार

स्थगित परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन हुने

शिक्षा |


2020-10-13-24592


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २७ गते । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)को व्यवस्थापन सङ्कायले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन गर्ने भएको छ । सेमेस्टर प्रणालीअन्तर्गत स्थगित परीक्षा मङ्सिर तेस्रो साताबाट सञ्चालन गर्ने निर्णय गरिएको जानकारी त्रिविविको व्यवस्थापन सङ्कायले दिएको छ ।
सरकारले तय गरेको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड अनुसार परीक्षा लिने जनाइएको छ । त्रिविको असोज ६ गतेको बैठकले स्थगित गरिएका परीक्षा अनुकूलता हेरी सम्बन्धित डिन कार्यालयले सञ्चालन गर्न सक्ने अधिकार दिएपछि स्थगित परीक्षाको कार्यतालिका निकालिएको सङ्कायका डिन प्रा.डा. डिल्लीराज शर्माले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?