logo
२०८० चैत्र १६ शुक्रवार



शिक्षा क्षेत्रमा साझा प्रयास जरुरी

शिक्षा |


शिक्षा क्षेत्रमा साझा प्रयास जरुरी



शेषकान्त पण्डित

काठमाडौँ, असोज २३ गते । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा शिक्षा क्षेत्रमा पारेको प्रभावको अध्ययन गर्दै त्यसको समाधानका लागि साझा प्रतिबद्धताका साथ प्रयास अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याइएको छ । नेपालले बिहीबार आयोजना गरेको सार्क क्षेत्रका आठवटै देशमा शिक्षामन्त्रीहरूको भर्चुअल बैठकमा क्षेत्रीय स्तरको सहकार्य प्रवद्र्धनमा जोड दिइएको हो ।
बैठकको अध्यक्षता गर्दै नेपालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस (कोभिड–१९)जस्ता महामारीबाट बचेर क्षेत्रीय सहकार्य र सहयोगलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने नै अहिलेको मुख्य चासोको विषय हो भन्नुुभयो । यस खालको सङ्क्रमणसित जुधेर कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्नुपर्नेमा नेपालले जोड दिएको छ ।
बैठकमा नेपालको तर्फबाट आफ्नो धारणा प्रस्तुत गर्नुहुँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले कोरोना भाइरसपछिको नेपालको शिक्षाको अवस्था र सङ्क्रमणको अवस्थामा गरिएका शैक्षिक प्रयासका बारेमा जानकारी गराउनुभएको मन्त्रालयका सहसचिव तथा योजना महाशाखाका प्रमुख डा. तुलसी थपलियाले जानकारी दिनुभयो । बैठकमा सचिव मैनालीले चुनौतीपूर्ण अवस्थामा नेपालको शैक्षिक क्षेत्रलाई अगाडि बढाइएको जानकारी दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?