logo
२०८० चैत्र १६ शुक्रवार



बाजुरामा नागरिकता बनाउनेको भीड   

खुला |
प्रदेश |


बाजुरामा नागरिकता बनाउनेको भीड   


मार्तडी, असोज १४ गते। जिल्ला प्रशासन कार्यालय बाजुरामा नागरिकता बनाउनेको भीड लाग्न थालेको छ । कोरना भाइरसका कारण घरमा आएका र एसइई परीक्षामा उत्तीर्ण भएका १६ वर्ष पुगेका नागरिक नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा भीड लाग्न थालेको हो । अहिले दैनिक ७० देखि ९० जनाले कार्यालयबाट नागरिकता बनाउँदै आएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताउनुभयो ।    
    
 नागरिकता बनाउन कानूनी प्रावधान पुगेका १६ वर्षभन्दा माथिका बालबालिका र अन्य सेवाग्राहीले नागरिकता बनाउन आउन थालेपछि भीड लाग्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताउनुभयो । नेपाली नागरिकता लिनका लागि १६ वर्ष अनिवार्य पुगेको हुनुपर्ने कानूनी प्रावधान छ । नागरिकता बनाउन आएका सेवाग्राहीलाई कानूनी प्रक्रिया पूरा गरी नागरिकता दिने गरेको सहायक प्रजिअ भण्डारीले बताउनुभयो । नागरिकता लिन आउँदा पारिवारिक पहिचानसमेत खुलेको हुनुपर्ने भएकाले सो प्रक्रिया पूरा नभएकालाई प्रक्रिया पूरा गरेर नागरिकता बनाउन आउन सुझाव दिने गरेको उहाँको भनाइ छ ।    
    
 नागरिकता लिन आएका सेवाग्राहीलाई नागरिकतामा हस्ताक्षर मात्र नभई उनीहरुलाई सामाजिक सचेतनासम्बन्धी जानकारी दिने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीको भनाइ छ । नागरिकताका बनाउन आएकाहरु राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्न सहज भएको छ । नागरिकता बनाइ सकेका नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको सङ्कलन विवरण भर्ने गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।    
    
 उक्त परिचयपत्रको विवरण सङ्कलन दैनिक रुपमा २० देखि ३० सम्म मात्र हुने गरेको छ । विवरण फारममा पारिवारिक विवरणसमेत खुलाउनुपर्ने हुँदा प्रत्येक दिन २० भन्दा माथि सङ्कलन गर्न सकिने गरेको परिचयपत्र विवरण सङ्कलक जयबहादुर ऐडीले बताउनुभयो ।    
    
 स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले आमाबुबाको नागरिकता र स्वयं व्यक्तिको विद्यालयको प्रमाण नहेरी नागरिकता बनाउन सिफारिस गर्ने भएकाले कतिपयको जन्ममिति आमाबुबाको नामसमेत फरक हुने गरेकाले उनीहरुले दुःख पाउने गरेका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?