logo
२०७७ कार्तिक ८ शनिवार

कोरोनाका कारण भारतमा एकै दिनमा एक हजार १४१ को मृत्यु

अन्तर्राष्ट्रिय |


2020-09-25-23379
तस्विर-बीबीसी


नयाँदिल्ली, असोज ९ गते। भारतमा कोरानाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकै दिनमा एक हजार १४१ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ५२ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् ।
योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ५८ लाखभन्दा बढी पुगेको अधिकारीहरुले बताएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म ५८ लाख १८ हजार ५७१ जना सङ्क्रमित भएका हुन् ।
कुल सङ्क्रमितमध्ये अहिले नौ लाख ७० हजार ११६ जना मात्रै सक्रिय सङ्क्रमित अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित भएका मध्ये ४७ लाख ५६ हजार १६५ जना सङ्क्रमणमुक्त भएका छन् भने ९२ हजार २९० जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
भारतमा अहिलेसम्म छ करोड ८९ लाख २८ हजार ४४० जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?