logo
२०८१ बैशाख ७ शुक्रवार



बारा, पर्सा, रौतहट गरी तीन संक्रमितको मृत्यु

फिचर |
खुला |


बारा, पर्सा, रौतहट गरी तीन संक्रमितको मृत्यु



शिवशंङ्कर मिश्र
बारा, असोज ४ गते । कोरोना संक्रमित उपचार गराइरहेका बारा, पर्सा र रौतहटको गरी तीन जनाको मृत्यु भएको छ ।
नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजको अस्थायी कोभिड अस्पताल होटल बाबा इन्टरनेशनलमा उपचार गराई रहेका बाराका ६५ वर्षीय पुरुषको आइतबार विहान ५ बजे मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर १३ बलिरामपुर टोलको पुरुष रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
यसैगरी पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ५ कुम्हालटोलका ८० वर्षीय बृद्धलाई स्वासप्रश्वासमा समस्या भएपछि आज बिहान नारायणी अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उहाँको आज दिउँसो मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्गले बताउनुभयो ।

यसैगरी, नारायणी अस्पताल वीरगंजमा उपचार गराई रहेका रौतहटका ६१ वर्षीय पुरुषको समेत उपचारको क्रममा आजै मृत्यु भएको हो । मृतकहरुको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको समेत पर्साका प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो ।
बारा, रौतहटको मृतक संक्रमितको शव सम्बन्धित जिल्लामा पठाईएको तथा पर्साका मृतकको शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?