logo
२०८० चैत्र १६ शुक्रवार



जापानमा नवनिर्वाचित प्रधानमन्त्री सुगाद्वारा पदवहाली

अन्तर्राष्ट्रिय |


जापानमा नवनिर्वाचित प्रधानमन्त्री सुगाद्वारा पदवहाली
तस्विर-फाइल


टोकियो, असोज १ गते।
जापानका नयाँ प्रधानमन्त्री योशीहिडे सुगाले बिहीबार देशका कार्यकारी प्रधानमन्त्रीको रूपमा पदभार सम्हाल्नुभएको छ । कार्यालयमा उपस्थित भई जिम्मेवारी सम्हालेपछि उहाँले ‘जनताको अपेक्षा पूरा गर्ने’ प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै सुगाले आफ्नो मन्त्रिपरिषद्ले कुशलताका साथ जनमतको सम्मान गर्दै अघि बढने बताउनुभयो । “म जनताको लागि काम गर्ने र नतीजा प्राप्त गर्ने मन्त्रीमण्डल बनाएर जनताको अपेक्षा पूरा गर्न चाहन्छु,“ सुगाले भन्नुभयो ।
पदबहालीपछि नवनिर्वाचित मन्त्रीपरिषद्का मुख्य सचिव कत्सुनोबु कातोले कोरोनाभाइरस महामारीको बिरूद्ध लड्न र सङ्क्रमणलाई थप बढ्न नदिन पूर्ववत प्रशासनको मार्गलाई पछ्याउँदै अघि बढ्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?