logo
२०७७ असोज २ शुक्रवार

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा   

प्रदेश |


2020-09-17-22788


चितवन, असोज गते । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको थियो ।    
    
 जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाइएसँगै बिहान ८ः४० बजेदेखि सडक दुईतर्फी सञ्चालमा ल्याइएको हो । सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधनह गन्तव्यतर्फ लागेका छन् । सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?