logo
२०८१ बैशाख ७ शुक्रवार



नारायणगढ–मुग्लिन सडक अवरुद्ध

खुला |


नारायणगढ–मुग्लिन सडक अवरुद्ध
फाइल तस्बिर


चितवन, असोज १ गते ।  नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी छ । पहिरो खस्न रोकिएसँगै बिहानैदेखि सडक सफा गर्न शुरु गरिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । पहिराका कारण सो सडकखण्ड हुँदै चल्ने सवारी साधन बाटामा रोकिएका छन् । बुधबार बिहान खसेको पहिरो पन्छाएर ११ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो । सो सडकमा सोमबार रातिदेखि पटक पटक पहिरो खस्दै आएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?