logo
२०८० चैत्र १६ शुक्रवार



काठमाडौँ प्रशासनबाट काठमाडाैँ जारी हुने सवारी पास बन्द

राष्ट्रिय |


काठमाडौँ प्रशासनबाट काठमाडाैँ जारी हुने सवारी पास बन्द


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २९ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी हुँदै आएको सवारी पास बन्द गरेको छ । गृह मन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्नेसम्बन्धी पत्रबमोजिम जिल्ला प्रशासन कार्यालयबाट काठमाडौँ उपत्यकाबाहिर जाने सवारी साधनको लागि जारी गरिँदैआएको पास बन्द भएको सूचना जारी गरेको छ ।

त्यस्तै, काठमाडौँ भित्रने सवारीको पासको स्वीकृतिसमेत अर्काे व्यवस्था नभएसम्मको लागि पूर्णरुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?