logo
२०८० चैत्र १६ शुक्रवार



लुम्बिनी बौद्ध विश्वविद्यालयको परीक्षा स्थगित

शिक्षा |


लुम्बिनी बौद्ध विश्वविद्यालयको परीक्षा स्थगित


लक्ष्मण पौडेल

भैरहवा, साउन २९ गते । कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि लुम्बिनी बौद्ध विश्वविद्यालयले परीक्षा स्थगित गरेको छ । भदौ १ गतेबाट सुरु हुने भनिएको परीक्षा स्थगित भएको विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले बताउनुभयो ।

“सरकारले कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सचेत हुन आग्रह गरिरहेको छ । यस्तो अवस्थामा परीक्षा सञ्चालन गर्दा थप जोखिम हुने भएकोले स्थगित भएको हो” रजिष्ट्रार आचार्यले भन्नुभयो, “अर्को सूचना जारी नहुन्जेलसम्म सबै परीक्षा स्थगित गरेका छौँ ।”

परीक्षा नियन्त्रक सिद्धेश्वरमान श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भदौ १ गतेदेखि हुने परीक्षा स्थगित गरिएको उल्लेख छ । यसअघि विद्यार्थीले परीक्षा रोक्न आग्रह गरेका थिए । परीक्षा सञ्चालनसम्बन्धी अर्को सूचना जारी गरी जानकारी गराइने विश्वविद्यालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?