logo
२०८० चैत्र १६ शुक्रवार



विश्वमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने छ लाख ९७ हजार नाघ्यो

अन्तर्राष्ट्रिय |


विश्वमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने छ लाख ९७ हजार नाघ्यो
तस्विर–एपी


जेनेभा, स्वीट्जरल्याण्ड
साउन २० गते । विश्वमा कोरोना भाइरस सङ्क्रमणबाट छ लाख ९७ हजार २८१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ । सङ्गठनकाअनुसार मङ्गलबारसम्म विश्वभरि एक करोड ८४ लाख ५० हजार ८३७ व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड १६ लाख ८१ हजार ९६० व्यक्ति कोरोनामुक्त भएका छन् । विश्वभरमा ६० लाख ७१ हजार ५९६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितहरूमध्ये ६४ हजार ६७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४८ लाख ६२ हजार २८५ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५८ हजार ९३१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ४२ लाख ८७ हजार ८३५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । दक्षिण अमेरिकामा एक लाख ४८ हजार ४०८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५७ लाख १४ हजार ७५९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । उत्तर अमेरिकामा दुई लाख २३ हजार १०५ जनाको मृत्यु भएको छ ।
युरोपमा २९ लाख २४ हजार ९४४ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख चार हजार ६४ को मृत्यु भएको छ । एसियामा ४५ लाख २९ हजार ५९९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ७३५ जनाको मृत्यु भएको छ । अफ्रिकामा नाै लाख ७२ हजार २८७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २० हजार ६७१ जनाको मृत्यु भएको छ । ओसियानामा २० हजार ५१७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २५७ जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?