logo
२०८१ बैशाख ७ शुक्रवार



दुई चिकित्सक, तीन सैनिकसहित पर्सामा ३४ जनामा सङ्क्रमण

स्वास्थ्य |
पढ्नै पर्ने |


दुई चिकित्सक, तीन सैनिकसहित पर्सामा ३४ जनामा  सङ्क्रमण


दिपकप्रसाद गौतम

वीरगञ्ज, साउन २० गते ।  वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएका पीसीआर परीक्षणमा सोमबार राति आएको रिपाेर्टमा दुई चिकित्सक, तीन नेपाली सेनासहित थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ थपिएका ३४ जना सङ्क्रमितमध्ये चार जना महिला छन् । नयाँ सङ्क्रमितमा दुई जना बाराका, एक जना सर्लाहीका र एक जना सुर्खेत घर भई नेशनल मेडिकल कलेजमा कार्यरत २८ वर्षीय महिला डाक्टर रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

वीरगञ्जको गण्डकस्थित कोरोना विशेष नारायणी अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले सोमबार सङ्क्रमण पुष्टि हुनेमा चिकित्सक, सैनिक, पत्रकार र थुनुवा रहेको जानकारी दिनुभयो । सोमबार पुष्टि भएका नयाँ सङ्क्रमितहरू १४ वर्षदेखि ५६ वर्ष उमेर समूहका रहेका छन् । वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका २७ जना, वीरगञ्ज बसोबास गर्दैआएका पोखरिया नगरपालिकाका तीन जना, जिरा भवानी गाउँपालिका सेढ्वाका एक जना, सर्लाही र सुर्खेत स्थायी घर भएका एक/एक जना गरी पर्सामा ३२ जना र बारा कलैया र फेटाका एक/एक जना गरी थप ३४ जनामा सङ्क्रमण देखिएको हो ।

सोमबार सङ्क्रमण पुष्टि भएका चिकित्सकहरूका सुर्खेत स्थायी घर भई नेशनल मेडिकल कलेजको क्वार्टरमा बस्दैआएका २८ वर्षीय महिला र नारायणी वयोधा अस्पतालका कार्यरत वीरगञ्ज ११ रानिघाटका ३४ वर्षीय पुरुष हुनुहुन्छ । कन्ट्याक्ट ट्रेसिङको क्रममा पीसीआर परीक्षण गराएका नौ जनामा कोरोना सङ्क्रमण देखिएको हो भने स्वेच्छाले पैसा तिरेर स्वाब परीक्षण गराएका नाै जनामा समेत कोरोना सङ्क्रमण देखिएको छ । नारायणी अस्पतालको फार्मेसीमा कार्यरत ३० र ४३ वर्षका दुई जनामा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित भई मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका वीरगञ्जको घण्टाघरछेउमा रहेको चण्डीप्रसाद गणका २८, ३० र ३२ वर्षका तीन जना नेपाली सेनाका जवानहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सोमबार वीरगञ्जका एक पत्रकार र वडा प्रहरी कार्यालय बिर्तामा रहेका २० वर्षीय एक थुनुवामा पनि सङ्क्रमण देखिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?