logo
२०८१ बैशाख ११ मंगलवार



मकवानपुरमा २४३ विद्यालय भवन पुनःनिर्माण, ६१ निर्माणाधीन

शिक्षा |


मकवानपुरमा २४३ विद्यालय भवन पुनःनिर्माण, ६१ निर्माणाधीन
सांकेतिक तस्बिर


शिवकुमार काशी

हेटौँडा, साउन १९ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मकवानपुर जिल्लामा भूकम्पबाट प्रभावित भएका २४६ वटा विद्यालय भवनको पुनःनिर्माण कार्य सम्पन्न गरेको छ । गत आर्थिक वर्षसम्मको प्रगतिको समिक्षा गर्दा भूकम्पबाट प्रभावित कुल ४०९ वटा विद्यालयमध्ये २४६ वटाको भवन पुनःनिर्माण सम्भव भएको पाइएको हो ।

आर्थिक वर्ष २०७६/७७ का लागि असारको ३० गते मात्रै नेपाल सरकारबाट रकम प्राप्त भएकाले चालू आर्थिक वर्षमा कार्यान्वयन हुनेगरी ६१ वटा विद्यालय र ७० वटा खानेपानी र ७० वटा शौचालय निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना इकाई (शिक्षा) ले जानकारी दिएको छ ।

इकाईका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ६८ वटा, २०७४/७५ मा ६८ वटा, २०७५/७६ मा ५१ वटा र सोही आर्थिक वर्षको दोस्रो चरणमा ५१ वटा विद्यालय भवनहरू निर्माण भएका छन् । तीमध्ये एउटा भवन निर्माण योजना फिर्ता भएकाले कुल भवन निर्माण संख्या २४६ पुगेको इकाइका प्रमुख बद्रीबहादुर पाठकले बताउनुभयो ।

पाठकका अनुसार चालू आर्थिक वर्षमा कार्यान्वयन हुनेगरी ६१ वटा विद्यालय भवन, ७० वटा खानेपानी र ७० वटा शौचालय निर्माण प्रक्रिया अघि बढेको छ । सो कार्यका लागि सबै विद्यालय व्यवस्थापन समितिसँग सम्झौता भई पेश्की रकम पठाइसकिएको छ । पाँच करोड रुपियाँ पेश्की विद्यालयहरूमा पठाइएको उहाँले जानकारी दिनुभयो । ‘भौतिक निर्माणको प्रगतिको आधारमा बाँकी रकम विद्यालयहरूलाई उपलब्ध गराइनेछ’, इकाई प्रमुख पाठकले भन्नुभयो, ‘कार्यालयको तर्फबाट प्राविधिक अनुगमन र निगरानी गराई भूकम्प प्रतिरोधी बलिया भवनहरू निर्माण गरिनेछ ।’

चालू आर्थिक वर्षमा निर्माण सम्पन्न हुने ६१ वटा विद्यालय भवन र ७० वटा शौचालय तथा ७० वटा खानेपानीका लागि कुल ४८ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?