logo
२०८० चैत्र १५ बिहीवार



सल्यानमा दुई जना मृत अवस्थामा फेला

खुला |


सल्यानमा दुई जना मृत अवस्थामा फेला


सल्यान, साउन १९ गते । दार्मा गाउँपालिका-४, पुखातका ५२ वर्षीय यज्ञबहादुर विक गाउँनजिकै मृत फेला परेका छन् । मृतकको जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

यस्तै, कालीमाटी गाउँपालिका-४, घुरचौरका नाै वर्षीय निर्मल भण्डारी मृत अवस्थामा फेला परेका छन् । साउन १६ गते बेपत्ता भएका भण्डारी कालीमाटी गाउँपालिका-५, पैठमा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख ढकेन्द्र खतिवडाले मृतकलाई पोष्टमार्टम लागि जिल्ला अस्पताल सल्यान ल्याउन लागेको बताउनुभयो । उहाँका अनुसार के कति कारणले मुत्यु भएको अनुसन्धान भइरहेको छ ।
यसैबी सिद्धकुमाख-२, खानीका गाउँका एक किशोरलाई बबईखोलाले बगाउँदा बेपत्ता भएका छन् । बबईमा निर्माण भइरहेको पुलमा काम गरिरहेका उनलाई बगाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?