logo
२०८० चैत्र १५ बिहीवार



कोभिड–१९ को असरः एयरबस र शेल कम्पनीमा अर्बौं डलर नोक्सानी

अर्थ |
अन्तर्राष्ट्रिय |


कोभिड–१९ को असरः एयरबस र शेल कम्पनीमा अर्बौं डलर नोक्सानी


पेरिस, साउन १५ गते । युरोपेली हवाई जहाज निर्माता एयरबस कम्पनीले पहिलो छ महिनामा करिब दुई अर्ब २० करोड अमेरिकी डलर खुद नोक्सानी व्यहोर्नु परेको जनाएको छ । कोरोनाभाइरस महामारीका कारण बिमान बिक्री दुई गुणाले कमी आएपछि कम्पनी घाटामा गएको हो ।
एयरबसले यस वर्षको पहिलो छ महिनामा करिब १२ अर्ब ४० करोड युरो बराबरको सम्पत्ति प्रयोग गरेको पनि जनाएको छ । कम्पनीले जारी गरेको वक्तव्यमा कम्पनीले अवलम्बन गरेका नयाँ उपायहरूका कारण यस वर्षको बाँकी छ महिनाको अवधिमा नोक्सानीमा कमी आउने विश्वास लिइएको उल्लेख छ ।
यसैबीच, ऊर्जा क्षेत्रको विशाल कम्पनी रोयल डच शेलको पनि यस वर्षको दोस्रो त्रैमासिक अवधिमा करिब १८ अर्ब डलर खुद नोक्सानी भएको कम्पनीले जनाएको छ । अघिल्लो वर्ष कर भुक्तानीपछि करिब तीन अर्ब डलर नाफा कमाएको शेलले कोरोनाभाइरसका कारण तेलको मूल्यमा आएका उतारचढाबपछि ठूलो नोक्सानी भएको कम्पनीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?