logo
२०८० चैत्र १६ शुक्रवार



बन्दाबन्दीमै हटाइए ७० मजदुर

खुला |


बन्दाबन्दीमै हटाइए ७० मजदुर


गोकर्ण पौडेल
तुलसीपुर, असार ३१ गते । रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ३ कोइलामा रहेको रोल्पा सिमेन्ट उद्योगले बन्दाबन्दीमा ७० जना मजदुरलाई हटाएको छ । उद्योगमा कार्यरत रहेका ७० जना मजदुरलाई हटाइएको उद्योगबाट निकालिएका मजदुर हरिश्चन्द्र राणाले बताउनुभयो ।

मजदुर राणाले भन्नुभयो, ‘उद्योग स्थापना हुँदा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिने सम्झौता भएको छ तर हटाइनेमा ७० जना नै स्थानीय मजदुर रहेका छौँ’ । वि. सं. २०६४ सालमा उद्योग सञ्चालकको तर्फबाट दिनेशकुमार डाँगी र स्थानीयवासीको तर्फबाट झुपलाल खडकाले उद्योग सञ्चालनका क्रममा स्थानीयहरूलाई रोजगारीका सिलसिलामा प्राथमिकता दिने सहमति गर्नुभएको थियो ।

यता सिमेन्ट उद्योगका प्रशासन प्रमुख टेकबहादुर गुरुङसँग यसबारे जानकारी लिन खोज्दा कुनै प्रतिक्रिया दिन चाहनुभएन । उद्योगमा हाल २५० जना मजदुर कार्यरत रहेका छन् । उद्योगको उत्पादन क्षमता दैनिक पाँच सय टन रहेको छ तर बन्दाबन्दीका कारण २५० मेट्रिक उत्पादन गर्दैआएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?