logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना सङ्क्रमणबाट थप तीनको मृत्यु, मृतकको सङ्ख्या ३८ पुग्यो

राष्ट्रिय |
फिचर |


कोरोना सङ्क्रमणबाट थप तीनको मृत्यु, मृतकको सङ्ख्या ३८ पुग्यो
तस्विर–फाइल


काठमाडौँ, असार २७ गते। कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका दुई र सिन्धुपाल्चोकका एकजना छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका–१० शङ्खमूलका ६० वर्षीय पुरुष र गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुष तथा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–६ का ४५ वर्षीय पुरुष छन् । शङ्खमूलका सङ्क्रमित फोक्सोमा पानी जमेको तथा मिर्गौला रोगका कारण यही असार १६ गते पाटन अस्पतालमा भर्ना भई उपचाररत थिए । उहाँमा असार १७ गते कोरोना ‘पोजिटिभ’ देखिएको थियो । उहाँको यही असार २६ गते मृत्यु भएको हो ।
यस्तै गोकर्णेश्वर–४ का पुरुष मिर्गौला रोगका उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिएन । उहाँको यही असार २५ गते मृत्यु भएको हो ।
यसैगरी सिन्धुपाल्चोकको पाँचपोखरी–६ का सङ्क्रमित क्षयरोगको उपचारका लागि यही असार १८ गते पाटन अस्पतालमा भर्ना भएका थिए । उहाँमा यही असार २२ गते कोरोना ‘पोजिटिभ’ देखिएको थियो । उहाँको यही असार २५ गते मृत्यु भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?