logo
२०८० चैत्र १६ शुक्रवार



दक्षिण कोरियामा पनि कोरोना सङ्क्रमित बढे

अन्तर्राष्ट्रिय |


दक्षिण कोरियामा पनि कोरोना सङ्क्रमित बढे
तस्विर–द् म्युर्योक टाइम्स


सोल
असार २५ गते । दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो समयमा बढेको देखिएको छ । सङ्क्रमित हुनेहरूको सङ्ख्या पछिल्ला हप्ताहरूमा बढ्दै गएको छ । गत २४ घण्टामा थप ५० मा कोरोना भेटिएको बताइएको छ ।
योसँगै सङ्क्रमितहरूको सङ्ख्या १३ हजार १९३ जना पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तीमा ४० देखि ७० जना सङ्क्रमित थपिएका छन् । उनीहरूमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । पछिल्लो दुई दिनमा दुई व्यक्तिको मृत्यु भएपछि सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्या २८७ जना पुगेको बताइएको छ । यहाँका सङ्क्रमितहरू बढीजसो चर्चमा गएका व्यक्तिहरूबाट भएका बताइएको छ ।
निकै थोरै सङ्ख्यामा मात्र सङ्क्रमितहरू थिए । दक्षिण कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न विदेशका अरु देशहरूको तुलनामा प्रभावकारी काम गरेको बताइएको थियो । तर प्राप्त समाचारमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा सङ्क्रमितहरूको सङ्ख्या बढ्दैगएको देखिएको छ ।
दक्षिण कोरियाको सरकारले गएको जुन ३ तारिखदेखि कोरोना भाइरसको परीक्षण शुरु गरेको थियो । त्यस यता आजसम्ममा यहाँको सरकारले करिब १३ लाख ७० हजार भन्दा बढी व्यक्तिको परीक्षण गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?