logo
२०८० चैत्र १६ शुक्रवार



केपी शर्मा ओलीको समर्थनमा पोखरामा प्रदर्शन

फिचर |


केपी शर्मा ओलीको समर्थनमा पोखरामा प्रदर्शन


तारा चापागाईं दुबे
पोखरा, असार १९ गते । 'प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई हटाउन पाइँदैन' भन्दै पोखराको प्रदर्शन गरिएको छ । चिप्लेढुङगा मानवअधिकार चोकमा उहाँको सर्मथकहरूले प्रदर्शन गरेका हुन् । नेकपामा देखिएको विवादमा भारतले ओली सरकार ढाल्न लागेको आरोप प्रदर्शनकारीको छ ।

पाँच वर्ष ओलीलाई नै सरकार चलाउन दिने माग आयोजकको रहेको छ । ‘आजलाई होइन भोलिलाई, पाँच वर्ष ओलीलाई’ भन्दै प्रर्दशनीमा नारासमेत लगाएका थिए । आन्दोलनमा नेकपा कार्यकर्ता, युवा र विद्यार्थी सङ्गठनका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

चिप्लेढुङ्गाबाट नारा जुसुलसहित सुरु भएर मानवअधिकारचोकमा पुगी कार्यक्रम समापन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?