logo
२०८० चैत्र १५ बिहीवार



मार्च महिनायता पहिलो पटक स्पेनमा कोरोना सङ्क्रमितको मृत्यु रोकियो

अन्तर्राष्ट्रिय |


मार्च महिनायता पहिलो पटक स्पेनमा कोरोना सङ्क्रमितको मृत्यु रोकियो
तस्विर-एएफपी


म्याड्रिड, जेठ २० गते । युरोपेली मुलुक स्पेनमा मार्च महिनायता पहिलो पटक कोरोना भाइरसको सङ्क्रमणका कारण २४ घण्टामा कुनै पनि व्यक्तिको मृत्यु नभएको अधिकारीहरूले बताएका छन् ।
आपतकालीन स्वास्थ्य सेवाका प्रमुख फर्नान्डो सिमोनले पछिल्लो स्वास्थ्य विवरण निकै बढी उत्साहप्रद रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनका क्रममा उहाँले २४ घण्टाका अवधिमा ७१ जना नयाँ सङ्क्रमित व्यक्ति भेटिएको जानकारी दिनुभयो । “सङ्क्रमण नियन्त्रण र रोकथामका क्षेत्रमा निकै सुधार भएको देखिएको छ । सरकारका प्रयासहरू सही दिशातर्फ उन्मूख भएको यसले प्रष्ट बनाएको छ ।” स्पेनमा मार्च ३ मा पहिलो पटक दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । त्यसको दुई दिनपछि अर्को व्यक्तिको ज्यान गएको थियो । त्यसयता स्पेनमा मृत्यु हुनेको सङ्ख्या नाटकीय रुपमा बढेको थियो । अप्रिल २ मा एकै दिन ९५० जनाको मृत्यु भएको थियो ।
देशभर कूल सङ्क्रमित २ लाख ४० हजार व्यक्तिमध्ये २७ हजार १२७ जनाको मृत्यु भएको औपचारिक स्वास्थ्य विवरणमा देखिएको छ । शुरुआती दिनहरूमा युरोपेली मुलुक इटालीपछि स्पेन सर्वाधिक प्रभावित थियो । तर भाइरसका कारण फ्रान्स र बेलायतलाई पनि आक्रान्त बनाएको थियो ।
स्पेनमा मध्य मार्चमा सरकारले लकडाउनलाई अति कडा बनाएको थियो । तर अहिले परिस्थितिमा निकै सुधार आएसँगै लकडाउनमा खुकुलो बनाउन थालिएको छ । तर स्पेनी सरकारले भाइरस प्रसारको खतरा अझै रहेको बताउँदै लकडाउन कुनै पनि बेला लगाउन सकिने बताएको छ ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आपतकाल घोषणा गर्न सक्ने अवशिष्ट अधिकार अरु दुई हप्ता बढाउन संसदमा प्रस्ताव लैजाने बताउनुभएको छ । यो अधिकार प्राप्त गरेमा सरकारले मानिसलाई घरभित्र बस्नेगरी आदेश दिन पाउनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप