logo
२०८१ बैशाख १३ बिहीवार



पच्चीस प्रतिशत मात्र पाठ्यपुस्तक बिक्री

शिक्षा |


पच्चीस प्रतिशत मात्र पाठ्यपुस्तक बिक्री


गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १५ गते । विद्यालयबाट पुस्तकको माग नआएपछि जनक शिक्षा सामग्री केन्द्रबाट यसै शैक्षिक सत्रका लागि छपाइ भएका पुस्तक बिक्री हुन सकेको छैन । केन्द्रले छपाइ गरेर मातहतका क्षेत्रीय कार्यालयमा पु¥याएकामध्ये २५ प्रतिशत
पुस्तक पनि बिक्री हुन नसकेको जनाइएको छ ।
केन्द्रका महाप्रबन्धक महेश तिमिल्सनाले विद्यालयमा किताबको माग नभएका कारण आफूहरूले छपाइ गरेका पुस्तक बिक्री हुन नसकेको बताउनुभयो । आफूहरूले विभिन्न माध्यमको प्रयोग गरेर पुस्तक ढुवानी गराए पनि पुस्तक बिक्री हुन नसकेको उहाँको भनाइ छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणले जारी बन्दाबन्दीका कारण विद्यालय बन्द रहेकाले समस्या भएको उहाँले बताउनुभयो ।
यसका साथै धेरै विद्यालयका प्रधानाध्यापक नै विद्यालय क्षेत्रबाहिर भएका कारण पुस्तक बिक्री हुन नसकेको महसुस केन्द्रका अधिकारीहरूले गरेका छन् । मातहतका कार्यालयबाट डिलरमा पु¥याएर केन्द्रले पुस्तकको बिक्री वितरण गर्ने गरेको छ । हाल सबै जिल्लामा गरेर केन्द्रका एक हजार एक सय डिलर छन् । विद्यालयमा नयाँ पुस्तकका लागि बजेट अभाव नभएको जनाइएको छ । विद्यालयले पुस्तक ल्याउन दबाब दिए मात्रै डिलरले पुस्तक खरिद गर्ने अवस्था रहेको महाप्रबन्धक तिमिल्सनाले बताउनुभयो । जनक शिक्षाले विद्यालय तहका लागि आवश्यक पर्नेमध्ये ९० प्रतिशत पुस्तक छपाइ कार्य पूरा गरेको जनाएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?