logo
२०८० चैत्र १६ शुक्रवार



रुसमा कोरोना सङ्क्रमण उच्चतम् विन्दुमा पुगेको राष्ट्रपति पुटिनको भनाइ

अन्तर्राष्ट्रिय |


रुसमा कोरोना सङ्क्रमण उच्चतम् विन्दुमा पुगेको राष्ट्रपति पुटिनको भनाइ


मस्को, जेठ १४ गते । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामा कोरोनाभाइरसको सङ्क्रमण उच्चतम विन्दुमा पुगिसकेको दाबी गर्नुभएको छ । राष्ट्रपति पुटिनले विज्ञहरूको भनाइमा रसियामा कोरोनाभाइरस सङ्क्रमणले उच्चतम विन्दु पार गरेको बताउनुभएको रसियाली रक्षामन्त्री सर्गेइ सोइगुले जानकारी दिनुभएको छ ।
रसियाली स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार रसियामा कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख ६२ हजारभन्दा बढी छ भने तीन हजार ८०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ । विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ५७ लाख नाघेको छ भने मृत्यु भएका व्यक्तिहरूको सङ्ख्या पनि तीन लाख ५० हजारभन्दा बढी भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?