logo
२०८० चैत्र १६ शुक्रवार



पाकिस्तानमा पनि बढ्दै कोरोना भाइरसका सङ्क्रमित

अन्तर्राष्ट्रिय |


पाकिस्तानमा पनि बढ्दै कोरोना भाइरसका सङ्क्रमित


इस्लामावाद, जेठ १३ गते ।
पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या ५७ हजार ७०५ पुगेको सोमबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ३६५ सङ्क्रमित थपिएका बताइएको छ ।

पाकिस्तानमा सङ्क्रमितमध्येका एक हजार १९७ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । पाकिस्तानमा सोमबार मात्र ३० जना सङ्क्रमितको ज्यान गएको छ । पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ । त्यसपछि कोरोना भाइरस सङ्क्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा, बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित कश्मिरमा रहेका छन् ।

सङ्क्रमितमध्ये १८ हजार ३१४ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ । अधिकारीहरूले यहाँका विभिन्न अस्पतालमा ३८ हजार १९४ जना सङ्क्रमितले उपचार गराइरहेको जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?