logo
२०८० चैत्र १५ बिहीवार



बन्दाबन्दीमा पनि कलिलैमा बिक्छ कागती

खुला |


बन्दाबन्दीमा पनि कलिलैमा बिक्छ कागती


गोकर्ण पौडेल
तुलसीपुर, जेठ १३ गते । बन्दाबन्दीका कारण कति किसानलाई उत्पादन बिक्री नभएर हैरान छ भने यहाँका एक किसानलाई उत्पादित वस्तु ग्राहकलाई पुर्याउनै हम्मेहम्मे परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थानगाउँमा कागती खेती गर्नुभएका रामचन्द्र खड्कालाई बन्दाबन्दीमा कागती पु¥याउनै समस्या परेको छ । खड्काले भन्नुभयो  ‘ग्राहक घरसम्मै कागती किन्नका लागि आउनुहुन्छ तर कागती पुर्याउन सकिरहेको छैन ’ । कति ग्राहकले त रस नभरिएका बतेलै कागती किनेर लैजानुहुन्छ ।

प्रदेश - ५ सरकारले एक वर्षअघि २२ जना किसानलाई कागतीको हाँगाबाट बोट तयार पार्ने(कलमी) तालिमसमेत दिएकाे थियो । त्यही तालिमप्राप्तमध्ये एक हुनुहुन्छ, खड्का । उहाँले तालिम लिएका साथीहरूको सहयोगमा यसै वर्ष मात्रै एक लाख बिरुवा तयार पार्ने योजना रहेको छ ।

उहाँले २ वर्षअघि २३ कठ्ठा जग्गामा १८ सय कागतीका बिरुवा रोप्नुभएको थियो । १५ वर्षका लागि वार्षिक ५० हजारमा जग्गा लिजमा लिनुभएका रामचन्द्रले हालसम्म २८ क्विन्टल कागती बिक्री गरेको बताउनुभयो । हाल कागतीकाे बजार मूल्य प्रतिक्विन्टल १५ हजार रुपियाँ रहेको छ ।

एउटा बोटबाट वार्षिक एक हजार फल उत्पादन हुने खडकाले बताउनुभयो । उहाँले बोटबिरुवा हेरचाहका लागि सिसिटिभी क्यामेरासमेत जडान गर्नुभएको छ । तारजाली, बिरुवा खरिदका लागि हालसम्म ८० लाख रकम खर्च भएको खड्काले बताउनुभयो । कागतीको फल मात्र बिक्री नभई बिरुवा बनाई बिक्री गर्ने र दाङ जिल्लामा एक घर एक कागतीको रुख पुर्याउने लक्ष्य राखिएको समेत उहाँले बताउनुभयो । कागती उत्पादन बढी भएको अवस्थामा अचार बनाएर बिक्री गर्ने योजना समेत उहाँकाे छ ।

पूर्व जनमुक्ति सेना समेत रहेका खड्का रोजगारीका लागि मलेसिया, भारत र अफगानिस्तानमा छ वर्ष बिताइसक्नुभएको छ । वि. संस २०५८ देखि २०६२ सालसम्म जनमुक्ति सेना भई युद्ध लड्नुभएको थियो । हाल ३३ वर्षीय खडकाले कागती खेतीलाई अध्ययन केन्द्रका रुपमा विकास गर्ने सोच समेत बनाउनुभएको छ । कागती खेतीका लागि विभिन्न निकायमा ऋण माग गर्दासमेत प्राप्त गर्न नसकेको खड्काले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?