logo
२०८० चैत्र १५ बिहीवार



भारतमा एकै दिन दोस्रो धेरै सङ्क्रमित, १३७ को मृत्यु

अन्तर्राष्ट्रिय |


भारतमा एकै दिन दोस्रो धेरै सङ्क्रमित, १३७ को मृत्यु


नयाँदिल्ली, जेठ ११ गते । भारतमा कोरोनाभाइरसका कारण शनिबार एकैदिन अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा छ हजार ६५४ जना नयाँ सङ्क्रमित पुष्टि भएको अधिकारीहरूले जानकारी दिएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या एक लाख २५ हजारभन्दा बढी भएको छ ।

भारतमा कोरोनाका कारण अहिलेसम्म तीन हजार ७२० जनाको मृत्यु भएको छ । तीमध्ये १३७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । केन्द्रीय स्वास्थ्य तथा परिवारकल्याण मन्त्रालयले देशभर अहिले पनि सङ्क्रमित अवस्थामा रहेकाहरूको सङ्ख्या ६९ हजार ५९७ रहेको जनाएको छ । मन्त्रालयका अनुसार अरु ५१ हजार ७८३ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।

मन्त्रालयका अधिकारीहरूले कुल सङ्क्रमितमध्ये ४१.३९ प्रतिशत निको भएको जानकारी दिएका छन् ।

देशभरी पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएका १३७ जनामध्ये सबैभन्दा धेरै महाराष्ट्रका ६३ जनाको मृत्यु भएको छ । त्यसैगरी गुजरातमा २९ जना, दिल्ली र उत्तरप्रदेशमा १४, १४ जना, पश्चिम बङ्गालमा छ जना, तमिलनाडुमा चार जना, राजस्थान, मध्य प्रदेश र आन्ध्र प्रदेशमा दुई/दुई जनाको मृत्यु भएको छ भने हरियाणामा एक जनाको मृत्यु भएको छ ।

देशभरी कोरोनाका कारण मृत्यु भएका कुल तीन हजार ७२० जनामध्ये सबैभन्दा धेरै महाराष्ट्रमा एक हजार ५१७ जना रहेका छन् । त्यसैगरी, गुजरातमा ८०२, मध्य प्रदेशमा २७२, पश्चिम बङ्गालमा २६५ जना र दिल्ली प्रदेशमा २०८ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी, राजस्थानमा १५३ जना, उत्तर प्रदेशमा १५२ जना, तमिलनाडुमा ९८ जना र आन्ध्र प्रदेशमा ५५ जना भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?