logo
२०८० चैत्र १६ शुक्रवार



पाकिस्तानमा पनि बढ्दै कोरोना भाइरसका सङ्क्रमित

अन्तर्राष्ट्रिय |


पाकिस्तानमा पनि बढ्दै कोरोना भाइरसका सङ्क्रमित


इस्लामावाद , जेठ १० गते।
पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा सङ्क्रमितको संख्या ५२ हजार ४३७ पुगेको शनिबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ७४३ सङ्क्रमित थपिएका बताइएको छ ।
पाकिस्तानमा सङ्क्रमित मध्येका १ हजार १०१ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन् । वल्र्डओमिटरले जनाएअनुसार पाकिस्तानमा बिहीबार मात्र ३४ जना सङ्क्रमित को ज्यान गएको छ ।
पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ । त्यसपछि कोरोना भाइरस सङ्क्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन् ।
सङ्क्रमित हरुमध्ये १६ हजार ६५३ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ । अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ३४ हजार ६८३ जना सङ्क्रमितले उपचार गराइरहेको जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?