logo
२०८० चैत्र १५ बिहीवार



हुम्लाका ३३७ जनाले पाए जन्म-मृत्यु संस्कारको लागि खाद्यन्न

प्रदेश |


हुम्लाका ३३७ जनाले पाए जन्म-मृत्यु संस्कारको लागि  खाद्यन्न


राजन रावत

सिमकोट, जेठ ९ गते । सरकारले सहयोग उपलब्ध गराउँदै आएको जन्म मृत्युको संस्कारको लागि हुम्लामा ३३७ जनाले चामल पाएका छन् । खाद्यन्न समस्या हुने हुम्ला मानिसको जन्म र मृत्युका सरकारले खाद्यन्न सहयोग गरेकाे खाद्यन्न सम्बन्धित व्यक्ति र परिवारले पाएका हुन् ।

वैशाख मसान्तसम्म खाद्य व्यवस्था  तथा व्यापार कम्पनी लिमिटेडबाट ३३७ जनाले २० केजीका दर ६६ क्विन्टल खाद्यन्न निशुल्क वितरण गरिएको लिमिटेडको सिमकोट शाखा प्रमुख रामबहादुर विष्टले बताउनुभयो ।

यसमा २४८ जनाले जन्म र ८९ जना मृत्यु भएको व्यक्तिका परिवारलाई खाद्यन्न वितरण गरिएको हो । गत वर्षको तुलनामा यस वर्ष जन्म र मृत्युमा खाद्यन्न सहयोग पाउनेको सङ्ख्या वृद्धि भएको लिमिटेडले जनाएको छ । यो सङ्ख्या नाम्खा, सिमकोट र खार्पुनाथ रहे पनि जन्ममा भने जिल्लाभरिका बालबालिका रहँदै आएका छन् । सरकारले २०७४ सालबाट साबिकको कर्णाली अञ्चलका बासिन्दाहरूलाई जन्म र मृत्युमा २० केजी खाद्यन्न सहयोग उपलब्ध गराउँदै आएको छ ।

गोदाममा ५६ सय क्विन्टल मौज्दात
लिमिटेडको गोदाममा जेठ ८ गतेसम्म पाँच हजार ६५१ केजी खाद्यन्न मौज्दात रहेको प्रमुख विष्टले बताउनुभयो । लिमिटेडको प्रधान कार्यालयबाट अहिलेको मौज्दात खाद्यान्नबाटै आगामी दसैँ तिहारसम्म खाद्यन्न व्यवस्था गर्नुपर्ने परिपत्र आए पनि खाद्यन्न वितरणमा निक्कै मितव्ययी गरिएको छ । तर पनि खाद्यन्न समस्या हुने महिना बाँकी नै रहेको कारण अहिलेका खाद्यन्न प्रयाप्त हुने देखिएको छैन ।

केही दिनअङि बसेको जिल्ला खाद्य व्यवस्था समितिको बैठकले अपुग खाद्यन्न माग गर्ने निर्णय गरेर केन्द्रमा पठाइसकेको प्रमुख विष्टले बताउनुभयो । हुम्लाका लागि ३० हजार क्विन्टल वार्षिक रुपमा आवश्यक पर्ने समितिको ठहर छ । तर प्रधान कार्यालयबाट १७ देखि १९ हजार क्विन्टल खाद्यन्न मात्र जिल्लामा आउने गरेको छ । बन्दाबन्दीका बेलामा पनि सरकारले हुम्लावासीको मागलाई मध्यनजर राखी चार हजार क्विन्टल खाद्यन्न हवाइमार्गबाट पठाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?