logo
२०८० चैत्र १५ बिहीवार



दमकमा धमाधम राहत संकलन

खुला |


दमकमा धमाधम राहत संकलन


टीकाराम उप्रेती
झापा चैत २० गते । कोरोना भइरस कोडिभ १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लक डाउनका कारण समस्यामा परेका असंगठित मजदुरलाई तत्काल उपलब्ध गराउन राहात संकलनको काम तिब्र रुपमा भइरहेको छ ।

झापाको दमक नगरपालिका नगरपालिकामा यो क्षेत्रमा रहेका बिभिन्न राजनीतिक दल, संघसस्था, फर्म, ब्यक्तीहरुले राहात उलब्ध गराएका छन् । बिहीबार मात्र दमक नपामा नेपालीका काँग्रेसको दमक नगर समितिको तर्फबाट १ लाख ५१ हजार ५ रुपियाँ नगद राहात उपलब्ध गराएको छ । नेपाली काँग्रेसका दमक नगर सभापति रोशन बिष्टका अनुसार नगरभित्रका १० वटै वडाबाट संकलन गरिएको रकम दमक राहात कोषमा जम्मा गरिएको हो ।

दमक उद्योग बाणिज्य संघको तर्फबाट १ लाख ११ हजार १११ रुपियाँ नगर प्रदान गरिएको छ । यस्तै सोही दिन दमक क्षेत्रमा रहेका लायन्स क्लबहरुको तर्फबाट दुई हजार केजी चामल हस्तान्तरण गरिएको छ । यस्तै रोटरी क्लब अफ दमकको तर्फबाट एक लाख ४२ हजार नगद रुपियाँ हस्तान्तरण गरिएको क्लवका अध्यक्ष सन्दिप चापागाई दिपुले जानकारी दिनुभयो । उक्त रकम एक सय जना श्रमिकलाई एक महिनाका लागि पुग्ने खाद्यान्न किन्न पुग्ने गरिको रकम भएको जनाइएको छ ।

यस्तै यहाँ स्थित मारवाडी सेवा समितिको तर्फबाट एक हजार केजी चामल, दाल, तेल, नुन समेत हस्तान्तरण गरिएको अध्यक्ष भरत अग्रवालले जानकारी दिनुभयो । राहात स्वरुप शिवालिक निर्माण सेवाको तर्फबाट एक हजार किलो चामल र किवानिज क्लव दमकको तर्फबाट ३ सय किलो चामल उपलब्ध गराइएको बताइएको छ ।
सरकारको एकद्धार नीति अन्र्तगत एकमुष्ट रकम सहित जिन्सि संकलन गरिएको हो । यसरी संकलन गरिएको जिन्सी तथा नगद दमक नगरपालिकाले वडा कार्यालय मार्फत बितरण गर्ने तयारी भइरहेको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले जानकारी दिनुभयो । यस अघि नै सबै वडाबाट असंगठित श्रमिकको तथ्याङ्क संलन गर्नेकाम अन्तिम चरणमा पुगेको छ । नगरभित्र लगभग २५ सयको हाराहारीमा श्रमजिवी रहेको अनुमान रहेको छ । हालसम्म २१ सय जनाको नाम आएपनि केही वडाको बाँकी रहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?