logo
२०८१ बैशाख १२ बुधवार



कोभिड–१९ संक्रमण जोखिमले ८४ करोड बालबालिकाको पठनपाठन प्रभावित

शिक्षा |
अन्तर्राष्ट्रिय |


कोभिड–१९ संक्रमण जोखिमले ८४ करोड बालबालिकाको पठनपाठन प्रभावित


एजेन्सी
काठमाडौं, चैत्त ५ गते । कोभिड–१९ को संक्रमणले विश्वका करिब ८४ करोड ९४ लाख बालबालिका र युवाको पठनपाठन प्रभावित भएको छ । विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनिकरण गर्न विश्वका ११३ राष्ट्रले विद्यालय एवम् शैक्षिक संस्था बन्द गर्दा करोडौं बालबालिका तथा युवाको पठनपाठन प्रभावित भएको संयुक्त राष्ट्र संघले जनाएको छ ।
संयुक्त राष्ट्र संघको शिक्षा, विज्ञान तथा सांस्कृतिक संगठन(युनेस्को)ले गरेको सर्वेक्षण बमोजिम १०२ राष्ट्रले राष्ट्रब्यापी रुपमा विद्यालय तथा शैक्षिक संस्था बन्द गरेको छ । जसबाट करिब ८४ करोड बालबालिका तथा युवाको पठनपाठन प्रभावित भएको छ । थप ११ राष्ट्रले विद्यालय बन्द गर्ने निर्णयलाई स्थानीयकरण गर्दा दशौं लाख बालबालिकाको पठनपाठन अवरुद्ध हुन पुगेको जनाइएको छ ।
युनेस्कोले विद्यालय अवरुद्ध हुने कार्यलाई न्यूनिकरण गर्न आवश्यक सहयोग प्रदान गर्न सुरु गरेको जनाएको छ ।
अष्ट्रिया, जर्मनी, मलेसिया, मेक्सिको, दक्षिण अफ्रिका, थाइल्याण्ड, यमन र जाम्बियामा विद्यालय बन्द गरिएको छैन् । यद्दपी उक्त राष्ट्रहरुमा समेत जोखिम न्यूनिकरणको प्रयास स्वरुप यसै सातादेखि विद्यालय बन्द हुने तयारी गरिएको छ । बोलिभिया, सीमन आइसल्याण्ड, गायना, भेनेज्वाला र इक्विटोरियलको विद्यालय सम्बन्धी तथ्याङ्क उपलब्ध गराइएको छैन् ।
चीन, भारत, बङ्गलादेश र पाकिस्तानमा मात्रै दशौं लाख बालबालिकाको पठनपाठन प्रभावित भएको छ । चीनमा भने बिस्तारै विद्यालय तथा शैक्षिक संस्था सुचारु हुन लागेको युनेस्कोले जनाएको छ ।
त्यसैगरी, भुटान, ब्राजिल, क्यानाडा, भारत, इन्डोनेसिया, फिलिपिन्स, रुस, बेलायत, उत्तरी आयरल्याण्ड, अमेरिका, ऊरुग्वे र भियतनाममा ११ राष्ट्रले स्थानीय स्तरसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
युनेस्कोका अनुसार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?