logo
२०८० चैत्र १५ बिहीवार



रेडपाण्डाको छालासहित चार जना पक्राउ

खुला |


रेडपाण्डाको छालासहित चार जना पक्राउ
फाइल तस्बिर


गोरखापत्र अनलाइन

काठमाडौं, फागुन १३ गते । नेपालका हिमाली तथा उच्च पहाडी जिल्लामा पाइने रेड पाण्डा पछिल्लो समय असुक्षित बन्दै गएका छन् । दुर्लभ वन्यजन्तुमा पर्ने  रेड पाण्डाको चोरी सिकारी भइरहँदा मनाङबाट मारेर त्यसको छाला काठमाडौंमा ल्याएर बेच्न ठिक्क पारेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

दुई हजार मिटरभन्दा माथिल्लो भागमा पाइने रेडपाण्डाको सिकार गरेर काठमाडौसम्म रेडपाण्डाको छाला पाउन थालेपछि रेडपाण्डा असुरक्षित बन्न थालेको प्रष्ट भएको छ ।

वन्यजन्तु रेडपाण्डाको छाला चोरी–शिकारीमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले कपन खरिबोटबाट दुर्लभ रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुली घर भई कपन बस्ने ३९ वर्षीय सूर्यबहादुर भुजेल, धादिङको धुनिबेसी नगरपालिका घर भई ललितपुर ढोलाहिटी बस्ने ४० वर्षीय सुकबहादुर लामा, कास्की घर भई काठमाडौंको गौशाला बस्ने ३७ वर्षीय युवराज सापकोटा र काठमाडौंको कपन घर भएकी ४० वर्षीय कमला तामाङलाई पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?