logo
२०८० चैत्र १६ शुक्रवार



बुहारीको हत्या गर्ने ससुरा र देउरानीलाइ जन्मकैद

खुला |


बुहारीको हत्या गर्ने ससुरा र देउरानीलाइ जन्मकैद


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १२ गते । सिन्धुली जिल्लाको साविक भिमेश्वर गाविस वडा नं ९ नयाँकुलो नजिकै तुलसाकुमारी पहाडीको मृत शरिर भेटिएपछि उनको हत्या भएको भन्दै प्रहरीले परिवारकै सदस्यलाई अनुशन्धान तेस्राएको थियो । 

२०७३ साल अशोज ३० गते तुलसाकुमारी पहाडीको हत्यानै भएको भन्दै उहाँको आफन्तले किटानी जाहेरी दिनु भएको थियो । हत्यामा उनकै परिवारका सदस्यहरु ससुरा गोलोज्बर गाउँपालिका–७ का ७३ बर्षका यज्ञप्रसाद चौलागाइ तथा देउरानी नाता पर्ने ३५ बर्षिया टिकाकुमारी चौलागाईको संम्लग्नता देखिएकाले २०७६ जेठ १० गते उच्च अदालत पाटनले २०÷२० बर्षको कैद पैmसला सुनाएको थियो ।

हत्यामा ससुरा तथा बुहारीकै संम्लग्नता रहेको अदालतले फैसला गरेसँगै केन्द्रीय अनुशन्धान व्यूरो सिआइबीको टोलीले उनीहरुलाई गोठाटारबाट पक्राउ गरेर केन्द्रीय कारागार चलान गरेको सिआइबीका प्रवक्ता वेलबहादुर पाण्डेले जारी गर्नुभएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?