logo
२०८१ बैशाख ५ बुधवार



पुरस्कार रकम बालबालिकालाई

शिक्षा |


पुरस्कार रकम बालबालिकालाई



गोरखापत्र अनलाइन
काठमाडौ, २६ गते । मुना मासिकका सह-सम्पादक लक्ष्मी खतिवडा इडेन पत्रकारिता सम्मान २०७६ बाट सम्मानित हुनुभएको छ ।

धापासिस्थित इडेन ब्रिज एकेडेमीले १६ औं बार्षिकोत्सवको अवसरमा उहाँलाई सम्मानपत्र र नगद दश हजार रुपियाँ सहित सम्मानित गरेको हो । उहाँँले उक्त रकम बैतडी जिल्लाको दशरथचन्द्र नगरपालिका वडा न ४ गढीमा रहेको दशरथचन्द्र प्राथमिक विद्यालयका बालबालिकाको लागि सहयोग गराउने बताउनुभएको छ । नेपालको एक सय १० वर्ष पुरानो उक्त विद्यालयमा अहिले हलिया समुदायका अति विपन्न बालबालिका मात्र अध्ययनरत छन् ।

कक्षा १ देखि ५ कक्षासम्म पढाई हुने त्यस विद्यालयमा ६० जना विद्यार्थी भर्ना भएको भए पनि हरेक दिन २५ देखि ३० जनासम्म विद्यार्थी विद्यालय आउदैनन । हलिया समुदायका बालबालिकाको पारिवारिक अवस्था पनि अत्यन्तै कमजोर रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?