logo
२०८१ बैशाख १३ बिहीवार



अन्तरीक्ष ज्ञान र प्रयोग सम्बन्धी तीन दिने कार्यशाला सुरु

शिक्षा |


अन्तरीक्ष ज्ञान र प्रयोग सम्बन्धी तीन दिने कार्यशाला सुरु


गोरखापत्र समाचारदाता

सिन्धुलीमाढी, पुस २३ गते ।  कमलामाईस्थित एक विद्यालयमा बुधबारदेखि अन्तरीक्ष ज्ञान र प्रयोग सम्बन्धी तीन दिने कार्यशाला सुरु भएको छ । जापानबाट प्रक्षेपण गरिएको नेपालको पहिलो नानो भू–उपग्रह निर्माणमा संलग्न आभार मास्के र हरिराम श्रेष्ठको पहलमा सो कार्यशाला सुरु भएको हो ।

कार्यक्रम संयोजक दिवोध लामिछानेका अनुसार, विद्यार्थीको सहभागितामा क्यान स्याट अर्थात सस्तो भू उपग्रह, रकेट विज्ञान, दूरदर्शक यन्त्र, रोबोट, ग्राउन्ड स्टेसन सम्बन्धित निर्माण कार्य कार्यशालामा गरिने छ । न्यू इङ्लिस बोर्डिङ स्कुल विद्यालयका प्रधानाध्यापक प्रशान्त ढकालले कितावी ज्ञानलाई प्रयोगात्मक रुपमा व्यवहारमा उतार्न कार्यशाला आयोजना गरिएको बताउनुभयो ।

 अन्तरीक्ष अनुसन्धानमा संलग्न आभास मास्केले सेटलाइटले कसरी काम गर्छ ? कसरी आकाशमा उड्छ ? सेटलाइट कसरी बनाउन सकिन्छ ? जस्ता विषय कक्षा कोठामा सिकाउन कार्यशालाको उद्देश्य रहेको बताउनुभयो । उहाँका अनुसार सानो सेटलाइट रेडबुलको बट्टामा अट्ने हुन्छन् । वाटर रकेट मार्फत क्यानस्याटलाई चार हजार फिटभन्दा माथि उडाइ, प्यारासुट मार्फत जमिनमा अवतरण गराइने छ । पोर्टेबेल ग्राउन्डस्टोल लगाइ आकाशमा उडिरहेका भूउपग्रहहरुसँग सम्पर्क गर्न सकिन्छ । कमलामाई नगरपालिकाको विशेष सहयोग र काथफोर्ड इन्जिनियरिङ अभियानको रोबोक्याट क्लव, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को सहकार्यमा कमलामाई नगरपालिका सिन्धुलीको विशेष सहयोगमा साे कार्यशाला अायाेजना गरिएकाे हाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?